काठमाडौं। काठमाडौं महानगरपालिकाका ४६ सामुदायिक विद्यालयका ४६ विद्यार्थी–समूहबाट सिर्जित कलाकृतिको प्रदर्शनी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा जारी छ।
प्रदर्शनीमा काठमाडौँ महानगरपालिका शिक्षा विभाग र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा महानगर अन्तर्गतका ४६ विद्यालयका ४६ समूहमा सञ्चालन भएको शिक्षामा सीप कार्यक्रमअन्तर्गतको ‘स्केचिङ एन्ड स्कप्चर’ मोड्युलको तालिम/कार्यक्रममा विद्यार्थीबाट सिर्जित कलाकृतिहरु समावेश छन्।

प्रदर्शनीमा १३ सय बढी चित्रकला र ११ सय बढी मूर्तिकला रहेको कार्यक्रम संयोजक तथा प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले जानकारी दिइन्।
यससँगै प्रदर्शनीको सन्दर्भ पारेर प्रशिक्षक तथा सहायक प्रशिक्षकहरूले सिर्जना गरेका कलाकृति समावेश गरेर ‘एकता’ प्रदर्शनी पनि सुरु भएको छ।
कार्यक्रम संयोजक तथा प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी
महानगरकाे नो बुक डे
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएयता सामुदायिक विद्यालयको सुधार र गुणस्तरवृद्धिका लागि चलाइएको अभियानअन्तर्गत ‘नो बुक डे’ एक हो। यो अभियानअन्तर्गत विद्यालयहरुमा प्रत्येक शुक्रबार विद्यार्थीहरुलाई रचनात्मक कलाको ज्ञान दिइन्छ। यसका लागि महानगरले कलाकारहरुलाई शिक्षकको रुपमा खटाएको छ।
कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने यस तालिमको क्रममा विद्यार्थीले सिर्जना गरेका कलाकृतिलाई काठमाडौं महानगर र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा प्रदर्शनीमा राखिएको हो। अहिले प्रदर्शनीमा राखिएका कलाकृति गत वर्ष कक्षा ९ मा पढ्ने विद्यार्थीले तयार गरेका हुन्।
महानगरको ‘स्केचिङ एन्ड स्कप्चर’ कार्यक्रमले सबैमा सकारात्मक प्रभाव परेको दर्शनधारीको भनाइ छ। ‘यसले गर्दा गभर्मेन्ट बेसको सामुदायिक विद्यालयहरुमा यस्तो खालको पढ्नुपर्छ भन्ने थाहा थिएन, अहिले शिक्षामा पनि छ है भन्ने इन्फरमेसन गएको छ’, उनले भनिन्।
कलाकार जया शर्मा
त्यस्तै याे अभियानका लागि डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रममा कार्यरत कलाकार जया शर्माले यो अभियानले विद्यार्थीहरुमा भएको कला उजार भएको बताइन्। ‘म यसलाई बालेन साहको अभियान भन्न रुचाउँछु। यो धेरै राम्रो छ। यसले विद्यार्थीर्ला भोलिका दिनमा विद्यार्थीलाई मैले के गर्ने भन्ने कुरा बुझ्न सघाउँछ,’ शर्माले भनिन्।
त्यसैगरी कन्यामन्दिर स्कुलमा पढाउँदै आएकी कलाकार नतिना बज्रचार्यले यो अभियानले विद्यार्थीमा अभिरुचि बढाएको बताइन्।
कलाकार नतिना बज्रचार्य
तस्बिरहरू:












