काठमाडाैं। प्रोल्लास सिन्धुलीय बहुमुखी प्रतिभा हुन्। उनी कवि, निबन्धकार, कथाकार, गजलकार र पत्रकार हुन्। सिन्धुलीको गैयाँटारमा जन्मेहुर्केका उनका १९ ओटा कृति प्रकाशित भइसके।
उनका कवितासङ्ग्रह हुन्, ‘बाहिर एकमुठी तुसारो छ’, ‘शब्दहरूको नेपथ्य’, ‘चुपचापको अन्त्य’, ‘झण्डालाई डिभी पर्याे भने के हुन्छ?’, ‘जन्मजात बाहुनको विज्ञप्ति’ र ‘यतै कतै’। त्यसैगरी दुइटा उपन्यास, ‘शून्य डिग्री’ (वास्तविक पात्रको जीवनमा आधारित) र ‘भग्न भैरव’ (भैरव अर्यालको जीवनीमा आधारित) छापिएका छन्।
एउटा कथा सङ्ग्रह, ‘बागबजार बोल्दैन’ प्रकाशित छ। साथै गजलसङ्ग्रह ‘आँखाभरि भुइँकुहिरो’, गीतसङ्ग्रह ‘हिँड्दै थिएँ उकालीमा’, यात्रा निबन्धसङ्ग्रह ‘कल्पना पाण्डेः दूध हालेको चिया खान्छे’, लघुकथासङ्ग्रह ‘टाउको नभएको तस्वीर’, ‘सिन्धुलीका प्रथम शहीद बाबुराम बराल’ (जीवनी) र ‘भग्न दैनिकी’ (दैनिकी) प्रकाशित छन्।
उनका पाँचवटा बालचित्रकथा पुस्तक पनि प्रकाशित छन्। ती हुन्, ‘चुइँके जुत्ता र भुक्के चप्पल’, ‘चाँदीको तारा’, ‘पँधेरोको अँध्यारो’, ‘भोकको ओखती’, र ‘हिस्स बूढी खिस्स दाँत’।
उनी आख्यान पत्रिका ‘कथालिका’को सम्पादक हुन्। केही कृति प्रकाशनको सङ्घारमा छन्, ‘गैयाँटार गमक’ (उपन्यास), ‘सहरको वृद्धालय’ (कवितासङ्ग्रह), ‘सुन्तलीमाई’ (सिन्धुलीगढीको अद्भुत प्रेमकथा) उपन्यास र ‘फिरङ्गी’ (सिन्धुलीगढीको युद्धकथा) उपन्यास।
एभरेस्ट पेडियाले ‘पुस्तकभित्र’ स्तम्भका लागि साहित्यकार सिन्धुलीयको ‘बागबजार बोल्दैन’ कृतिमाथि केन्द्रित भएर केही प्रश्न सोधेको छ। प्रस्तुत छ उनको जवाफ: