काठमाडौं । काभ्रेपलाञ्चोकको तिमालमा जन्मेहुुर्केका राजेन्द्रबहादुर लामा पर्यटनमा होमिएको तीन दशक पुुग्नै लाग्यो। उनी भरियाबाट पर्यटनमा पसेका थिए। निरन्तर मिहिनेत, इमान्दारी र इच्छाशक्तिका कारण उनले जीवनमा सफलता हाँसिल गरे। अचेल ‘फ्रेन्ड्स एड्भेन्चर टिम’ चलाउँछन्। उनको यस कम्पनीले पर्यटकलाई टे«किङ, टुुर र माउन्टेनियरिङ गराउँछ।
समयसँगै उनी मजदुुरबाट मालिक बने। उनले आफ्नो धरातल बिर्सेका छैनन्। मजदुरमैत्री छन्। मजदुुरलाई माया गर्छन्। त्यसैले मजदुरका पनि प्रिय छन्।
उनी कम बोल्छन्। कर्ममा विश्वास गर्छन्। आँटेताकेका काम पुुरा गर्छन्। नेतृत्व क्षमतामा पनि अब्बल छन्। कर्ममा विश्वास गर्ने उनी ‘म्यान अफ एक्सन’ हुन्।
उनी पर्वतीय पर्यटनविज्ञ भइसके। स्वदेशमा त उनी स्थापित छँदैछन्, विदेशका पर्वतीय संघसंस्था र अल्पाइन क्लबहरूसँग पनि राम्रो सम्बन्ध बनाइसकेका छन्। नेपाल पर्वतारोहण संघको सचिवालय सदस्यका रुपमा उनले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निवार्ह गरिरहेका छन्। उनको नेतृत्वमा पर्वतारोहण तालिम सुुचारु भएको छ, कर्णाली र सुदूूरपश्चिमका ९७ ओटा हिमाल दुुई वर्षसम्म निःशुुल्क आरोहण गर्ने व्यवस्था मिलाइएको छ। संघको बेरुजुु घटाउनमा उनले महत्वपूर्ण भूमिका निवार्ह गरेका छन्।
उनी नेपाल पर्यटन बोर्ड कार्यकारी समिति सदस्य र नेपाल क्यानोनिङ संघका अध्यक्ष पनि हुुन्। त्यस्तै सामाजिक संस्था ‘सुखावती फाउन्डेसन’मा महासचिव छन्। यसबाहेक धेरै सामाजिक काममा सक्रिय छन्। उनको जीवनकथा उधिन्ने हो भने एउटा प्रेरणादायी पुुस्तक नै बन्छ।
यही भदौ ७ गते शनिबार नेपाल पर्वतारोहण संघको निर्वाचन हुुँदैछ। उनले पनि महासचिव पदमा उम्मेदवारी दिएका छन्। उनको सपना छ, ‘नेपालमा संसारकै नमुना माउन्टेनियरिङ स्कुल बनाउने र पोखराको पर्वतीय सङ्ग्रहालयलाई ‘ग्रिन इन्टरनेसनल माउन्टेन म्युजियम’मा रुपान्तरण गर्ने।
आसन्न निर्वाचनका सिलसिलामा एभरेस्ट पेडियाले उनलाई केही प्रश्न सोधेको छ। प्रस्तुत छ उनको जवाफ: