काठमाडौँ। काठमाडौंमा भदौ ७ गते हुन लागेको नेपाल पर्वतारोहण संघको निर्वाचनमा जिरेल समुदायका पहिलो सगरमाथा आरोही लालबहादुर जिरेल पनि सदस्य पदमा उम्मेदवार बनेका छन्। उनी आफू जित्नेमा ढुुक्क छन्।
जिरी नगरपालिका वडा नं ४, दोलखामा जन्मेहुुर्केका जिरेल मिलसार, सहयोगी र कर्मठ मानिन्छन्। उनले पर्वतारोही, पर्वतीय पर्यटनमा संलग्न मजदुुर र पर्यावरणका विषयमा निरन्तर आवाज उठाउँदै आएका छन्। उनी मर्यादित पर्यटनका पक्षपाति हुन्।
पर्वतारोहण संघको चुनावमा सगरमाथा आरोही लालबहादुर जिरेलको उम्मेदवारीले श्रमिक र पर्वतारोहीमा आशा जगाएको छ।
यतिबेला चुनावी माहौल तातेको छ। जिरेलको उम्मेदवारीले समस्त श्रमिक र पर्वतारोहीमा आशा जगाएको छ। पर्वतीय पर्यटनमा करिब चार दशक विताइसकेका जिरेल पहिलोपटक सन् २०१० मे २३ को बिहान ३ः३५ बजे सगरमाथा चुलीमा पुुगेका थिए। पहिलोपटक उत्तरी मोहडाबाट सगरमाथा चढेका उनी दोस्रो पटक चाहिँ सन् २०१९ मे २३ मा बिहान साँढे १० बजे दक्षिणी मोहडाबाट चढेका हुन्।
वि.सं. २०४४ सालमा उनी भरिया बनेर पर्यटनमा होमिएका जिरेल आज पर्वतीय पर्यटनमा सम्मानित छन्। अचेल उनी पर्वतीय पथप्रदर्शकका रुपमा सव्रिmय छन्। उनी काठमाडौंको ‘हिमालयन एक्टासी नेपाल ट्रेक एन्ड एक्सपिडिसन प्रा.लि.’मा आबद्ध छन्।
याे पनि : जिरीका साहसिक हिरो
उनले नेपालका ३० भन्दा बढी हिमाल चढिसके। यति मात्र होइन, किर्गिस्तानको ‘लेनिन पिक’सम्म पुगेर विदेसीलाई चढाए। आफू पनि चढे।
उनी विदेशमा हिमाल आरोहण सम्बन्धी पूर्व तयारी तालिम दिन्छन्। बंगलादेसी पर्वतारोही मुसा इब्राहिमले खोलेको ‘एभरेष्ट एकेडेमी’ इन्स्ट्च्यिुटका प्रशिक्षक हुन् जिरेल। इब्राहिम बंगलादेशबाट सगरमाथा चढ्ने पहिलो आरोही पनि हुन्।
जिरेल सामाजिक काममा पनि क्रियाशील छन्। आफ्नै गाउँठाउँमा आपतविपत् पर्दा, कोही बिरामी हुँदा सहयोग गर्छन्। ‘हाम्रो जिरी इमरजेन्सी रिलिफ पाउन्डेसन नामक संस्था छ। जिरीका कोही बिरामी पर्दा यस संस्थाबाट सहयोग गर्छौं’, उनले भने।
आसन्न निर्वाचनका विषयमा यिनै समाजसेवी आरोहीलाई एभरेस्ट पेडियाले केही प्रश्न सोधेको छ। प्रस्तुत छ उनको जवाफ: