काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य (आज) मंगलबार दिन प्रतितोला ६ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार १सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदी प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।