काठमाडौं। नेपाल भ्रमणमा रहने पर्यटकहरूका लागि यात्रा अझ सहज, सुरक्षित र सूचनामूलक बनाउन विभिन्न डिजिटल एप्सहरु उपलब्ध छन्। बाटो पत्ता लगाउनेदेखि लिएर होटल बुकिङ, खाना अर्डर, ट्रेकिङ जानकारी र आपतकालीन सहायतासम्मका सेवा दिने यस्ता एप्सले पर्यटकहरूको अनुभवलाई थप सहज बनाइरहेका छनः
गूगल म्याप्स (google maps)
गूगल म्याप्स लोकेसन पत्ता लगाउनका लागि उपयोगी एप्स हो। यो यात्रामा अनिवार्यजस्तै मानिन्छ। यो एप्सको प्रयोगबाट स्थान पत्ता लगाउने, बाटो खोज्ने, होटल, रेस्टुरेन्ट, एटीएम आदिको लोकेसन हेर्ने गर्न सकिन्छ। यस एप्सबाट आफू पुग्न चाहेको लोकेसन हेर्न मात्रै नभएर पुग्नलाई लाग्ने समय र दूरी थाहा सकिन्छ। आफ्नो आवश्यकता अनुसारका रुटहरु प्रयोग गर्न सकिन्छ।
ट्रेकिङ इन नेपाल (Trekking in Nepal)
यो एप्सले पनि झण्डै झण्डै गूगल म्याप्सजस्तै हो। यो एप्सको प्रयोग गरेर पदयात्रा मार्गहरुबारे जानकारी लिन सकिन्छ। यसको मुख्य विशेषता भनेको यो एप्स अफलाइन मोडमा पनि चलाउन सकिन्छ।
म्याप्स डट मी (Maps.me)
यो एप्स पनि यात्राको समयमा नक्सा हेर्नका लागि प्रयोग गर्न सकिन्छ। यो एप्समा यात्रामा जानुअघि नक्सा डाउनलोड गरी यात्राको समयमा अपलाइन मोडमा आफूलाई चाहिएको स्थान हेर्न मिल्छ।
गूगल ट्रान्सलेट (Google Translate)
यो एप्स भने भाषा अनुवादका लागि उपयोगी हुन्छ। यसको प्रयोगबाट लेखेका वा बोलेका शब्दहरुलाई आफूलाई चाहिएको भाषामा अनुवाद गर्न सकिन्छ। यसमा लेखका शब्दहरु क्यामेराबाट स्क्यान गर्न तगा केही वाक्यहरु अपलाइन पनि डाउनलोड गर्न सकिन्छ।
पठाओ / इनड्राइभ / टुटल (Pathao / InDrive / Tootle)
यी एप्सहरु चाहिँ विशेषगरी काठमाडौं, पोखरा, चितव, बुटवलजस्ता सहरी क्षेत्रमा बाइक तथा ट्याक्सी बुकिङका लागि प्रयोग गर्न सकिन्छ। यी एप्सहरुमा मोबाइलहरुबाट निश्चित भाडामा बाइक तथा ट्याक्सीहरु बुकिङ गर्न सकिने हुँदा नयाँ सहरमा पुग्दा ठगिने जोखिम काम हुन्छ। यसरी बुकिङ गरेका बाइक तथा ट्याक्सीहरु आफूले बोलाएको ठाउँमा नै आउने हुँदा समयको वचत र झनझट कम हुन्छ। डिजिटल माध्यमको प्रयोग हुने भएकोले यी एप्सहरु सुरक्षित पनि छन्।
फुडमान्डू / भोजडिल्स / दराज (Foodmandu / BhojDeals / Daraz)
यी एप्सहरु भने खाना अर्डर गर्न र अनलाइन सामान किनमेल गर्नका लागि बनेका हुन्। फुडमान्डू र भोजडिल्सजस्ता एप्सहरु प्रगोग गरेर पर्यटकले आफू बसेको होटलमै खानाका परिकारहरु मगाउन सक्छन्। भने, डराजजस्ता एप्सहरु प्रयोग गरेर अनलाइन सामानहरु किन्न सकिन्छ। यी एप्सहरुको सुविधा विशेषगरी सहरी क्षेत्रमा मात्रै उपलब्ध छन्।
नेपालमा यी मात्रै नभएर अरु धेरै एप्सहरु पनि छन् जसको माध्यमबाट सामानहरु अर्डर गर्न सकिन्छ।
एयर भिजुअल / माइएयर (AirVisual / MyAir)
यी एप्सको प्रयोग चाहिँ विशेषगरी काठमाडौंजस्ता सहरमा वायु प्रदूषणको अवस्था हेर्नका लागि हो। यी बाहेक अरु एप्सहरु पनि छन्, जसको प्रयोगबाट पर्यटकले प्रदूषणको अवस्था र मैसमबारे जानकारी लिन सक्छन्। मैसमबारे जानकारी लिन चाहिँ जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको वेबसाइट नै उपयुक्त हुन्छ।
त्यस्तै वायु प्रदूषणको जानकारीका लागि एक्युआई अझ बढी उपयोगी मानिन्छ।
एस्कई / करेन्सी कन्भर्टर (XE Currency / Currency Converter)
यी एप्सबाट नेपाली मुद्रासँग अन्य मुद्रा रुपान्तरण गरेर हेर्न सकिन्छ। तर, यस्ता खालका सुविधाहरु मोबाइलमा हुने अन्य सामान्य एप्सहरुबाट पनि लिन सकिन्छ।
ई-सेवा / खल्ती (Esewa / Khalti)
यी एप्सहरु सामान तिरेपछि बिल भुक्तानी गर्न उपयोग हुन्छन्। खासगरी यी एप्सहरुको प्रयोगबाट नगद बोक्नुपर्ने झनझटबाट मुक्न हुन सकिन्छ। भने, यात्राको क्रममा टाढाटाढा पुग्दा रकम अपुग भएमा मगाउन पनि सकिन्छ। भुक्तानीका लागि यी मात्रै नभएर अन्य एप्सहरु र मोबाइल बैंकिङहरु पनि उपलब्ध छन्।
सबै ठाउँमा अनलाइन भुक्तानी सेवा नहुन पनि सक्छ। त्यसलै साथमा नगद राख्नु राम्रो हुन्छ।
रेडक्रस फ्रस्ट एइड/मेडकर्डर (RedCross First Aid / Medcorder)
यी एप्सहरु स्वास्थ्यका लागि हो। यी एप्सबाट आपतकालीन स्थितिमा प्राथमिक उपचार जानकारी पाउन वा स्वास्थ्य नोट लिन सकिन्छ।