बाग्लुङको एउटा सानो गाउँमा जन्मिएका टेक घर्तीमगर आज नेपालका एक प्रख्यात चरा गाइड बनेका छन्। उनको यो यात्रा सजिलो थिएन, तर प्रकृति र चराप्रतिको उनको प्रेमले उनलाई सफलताको शिखरमा पुर्याएको छ।
पर्यटन क्षेत्रमा उनको यात्रा सन् २००३ मा सुरु भयो। ‘म पर्यटन क्षेत्रमा होटल क्षेत्रबाट आबद्ध भए २००३ सन्, रुम बोइको रुपमा काम गरे तीन वर्ष काम गरे, त्यहीँ समय जापानी भाषा पढे,’ उनी आफ्नो सुरुवाती दिनहरू सम्झन्छन्।

२००६ मा टेकले ट्रेकिङ क्षेत्रमा भरियाको रुपमा काम गर्न थाले। प्रकृतिसँग जोडिएको यो पेशाले उनलाई आफ्नो अन्तरमनको आवाज सुन्न मद्दत ग¥यो। ‘म आफु स्वाभवले प्रकृति प्रेमी भएकोले पनि मलाई यता तिर आकर्षण थियो। प्रकृति पनि मलाई विशेष गरी चराहरु प्रति विशेष रुची थियो,’ उनी भन्छन्।
चरा गाइडको रूपमा टेकले राम्रो आम्दानी गर्छन्। ‘यो क्षेत्रमा कमाइ एकदमै राम्रो छ, ट्रेकिङ गाइडको रुपमा काम गर्दा मेराे पारिश्रमिक डलरको हिसाबमा २ अकंको हुन्छ भने, चरा गाइडको रुपमा कामगर्दा ३ अंकको लिन्छौं, त्यसलाई नेपालीमा रुपान्तरण गर्दा ५ अंकको हुन्छ।’
तर उनको जीवनमा ठूलो परिवर्तन सन् २०१० मा आयो। त्यो दिन टेकको जीवनको दिशा नै बदलिदिने रह्यो। जापानको होकाइदोबाट आएका पर्यटकहरूसँग पोखरामा चार दिनको कार्यक्रममा जाँदा उनलाई एउटा कुराले झस्कायो। ‘त्यहाँ वहाँहरुले नेपालमा भएको जति पनि चराहरु छ त्यो जापानी नाममा भन्नुहुन्थ्यो। हामी नेपाली भएर पनि नेपाली चराहरुको नाम हामीलाई थाहा छैन, हामी गिद्ध भनेसि गिद्ध एउटा मात्र गिद्ध, जुनेली भनेसी एउटा मात्र जुनेली भन्ने थाहा छ हामीलाई, त्यसभित्रका प्रजातिहरुको बारेमा हामीलाई थाहा छैन,’ उनी आफ्नो अनुभव सुनाउँछन्।
याे पनि: कृष्णकुमार मगरः भरियादेखि अन्तर्राष्ट्रिय माउन्टेन लिडरसम्मको यात्रा (भिडियाेसहित)
त्यसपछि उनलाई लाग्यो, ‘ट्रेकिङ गरेर बाटो हिमाल मात्र चिनेर भएन, टिक्नको लागि पनि चराहरुको बारेमा थाहा हुनुपर्छ।’ त्यसैले उनी चराहरुको अध्ययनमा लागे। उनको लागि चराहरु प्रति क्षितिज उघार्ने काम जापानी पर्यटकहरूले गरिदिए।
सन् २०१० देखि हालसम्म उनी विशेष गरी जापानी भाषा गाइडको रुपमा चरा पर्यटनमा संलग्न छन्। चरा गाइडको काम सामान्य ट्रेकिङ गाइडको काम भन्दा फरक छ भन्ने कुरा उनी बताउँछन्।
‘ट्रेकिङमा समयतालिका बनायो, यो समयमा ब्रेकफास्ट, यो समयमा यहाँ पुग्ने भन्ने हुन्छ। तर चरामा उज्याले हुनुभन्दा पहिले बेलुका अध्याँरो भइसकेपछि पनि हामी काम जारी हुन्छ, अरुले खाना खाजा खानेबेलामा होटलमा बसेर सल्लाह गर्दै खान्छन् भने हामी चै जति सक्दो नेचरको नजिक भएर गार्डेनमा बसेर ध्यान दिएर खान्छौं,’ उनी भन्छन्।
चरा गाइडको काममा अन्य पेशाको तुलनामा धेरै लगाव चाहिन्छ। ‘यहाँ अरु भन्दा अलि बढी ध्यान चाहिन्छ, कुन चरा कताबाट कति करायो भन्ने ध्यान दिनुपर्ने हुन्छ। लागब अलि बढी नै चाहिन्छ चरा गाइडमा, अन्य पेशाको तुलानामा लागब भएन भने काम गर्न गाह्रो हुन्छ।’
टेकको अनुसार नेपालमा दुई प्रकारका मानिसहरूले चरा चिन्छन्। ‘एउटा किसानले जो खेति किसानी गर्नुहुन्छ जंगल भिरपहारी कुद्नु हुन्छ, अर्काे रिटार्यड् लाइफ बिताइरहनु भएको सम्पन्न जो सँग पैसा छ समय पनि, जसले खर्च गर्न सक्ने लगाब र लगानी गर्न सक्नुहुन्छ वहाँहरले चिन्नुहुन्छ जस्तो लाग्छ।’
-1746176201.jpg)
उनी भन्छन् ‘चरा हेरेर सबैभन्दा ठुलो कुरो भनेको आनन्द लिनु हो, अध्यात्म हो प्रकृतिको नजिको रुपमा रहेर गरिने अध्यात्म हो जस्तो लाग्छ।’ यही आनन्दले गर्दा उनले अहिलेसम्म ७०० भन्दा बढी चराहरू चिनिसकेका छन् र ५०० भन्दा बढी चराहरूको फोटो संकलन गरिसकेका छन्।
चराहरूको लागि उत्कृष्ट गन्तव्य उनी पोखरालाई मान्छन्। ‘पोखरा चराहरुको वासस्थानको हिसाबले राम्रो ठाउँ पोखरा नै हो किन भने त्यहाँ ताल, हिमाल, नदी जंगल सबै भएकोले त्यहाँ हरेक किसिमिका चराहरुको बासस्थान पाइन्छ।’
-1746176201.jpg)
नेपालमा चरा गाइडको लागि कुनै विशेष लाइसेन्स छैन, न त कुनै एड्भान्स तालिम नै। ‘म आफै २०१० देखि चरा गाइडको रुपमा काम गर्छु, म सँग चरा गाइडको लागि भनेर लाइसेन्स छैन, नेपालमा कसैको पनि छैन। सरकारी पक्षले त्यस्तो केही व्यस्था गरेको छैन,’ उनी बताउँछन्।
नेपालमा चरा पर्यटनको भविष्य उज्जवल देख्छन् टेक। ‘चरा पर्यटनको सम्भावना राम्रो छ नेपालमा। हामीसँग भौगोलिक विविधताको कारणले हामीँ सँग विभन्न प्रकारको चराहरुको लागि आवश्यक पर्ने वासस्थानहरु छन्।’ तर प्रचार–प्रसारको कमीले गर्दा यो क्षेत्रले उचित स्थान पाउन सकेको छैन।
चरा गाइडको रूपमा टेकले राम्रो आम्दानी गर्छन्। ‘यो क्षेत्रमा कमाइ एकदमै राम्रो छ, ट्रेकिङ गाइडको रुपमा काम गर्दा मेराे पारिश्रमिक डलरको हिसाबमा २ अकंको हुन्छ भने, चरा गाइडको रुपमा कामगर्दा ३ अंकको लिन्छौं, त्यसलाई नेपालीमा रुपान्तरण गर्दा ५ अंकको हुन्छ।’
याे पनि: ‘र्याफ्टिङबाटै घरजग्गा जोडेँ’
उनको सबैभन्दा ठूलो खुशीको क्षण हुन्छ जब विदेशी पर्यटकहरूले लक्ष्य राखेर आएका चराहरू उनले देखाउन सक्छन्। ‘विदेशीहरुले लक्ष्य राखेर लिस्ट बनाएर आएको चराहरु देखाउन पाइयो भन्ने त्यो नै सबैभन्दा खुसीको क्षण हामी चरा गाइडहरको लागि।’
-1746176202.jpg)
नेपालमा चराहरूको स्थिति पहिलेको तुलनामा अहिले केही सुधार भएको उनी बताउँछन्। ‘पहिलोको तुलानामा शिकारहरु त एकदमै कम भएको पाउछु म किन भने शिकार गर्ने भनेको युवापुस्ताहरुले हो, अहिलेको समयमा गाउँघरहरुमा युवापुस्ताहरुकै कमि भएकाले पनि चरा शिकार कम भइरहेको जस्तो मलाई लाग्छ।’ तर अझै पनि केही समस्याहरू बाँकी छन्। ‘समस्या भनेको चराहरुले गुण बनाउने बेला मुख्य बेलामा बच्चा हुकार्उनुेबेलामा जंगलमा आगलागीहुँदा पुस्ता नै मासिने खतरा बढी रहेको छ। जलवायु परिवर्तनको कारण पनि चराहरुलाई ठुलो असर गरिरहेको छ।’
अर्को चुनौती हो पर्यटकहरूको गैरजिम्मेवार व्यवहार। ‘अहिले पछिल्लो समय विवाहको फोटोग्राफी गर्ने साथीहरु कोभिडको समयमा फुर्सद भयो भएको क्यामरा सदुपयोग गर्ने धुनमा वहाँहरु कहिले बागमती, मनोहरा, टौदह गएर चराहरुको फोटो खिचिरहनु भएको छ, त्यो पनि चराहरुलाई उनिहरुको वासस्थानलाई असर पर्ने गरि।’
-1746176200.jpg)
टेक सबैलाई जिम्मेवार व्यवहार गर्न आग्रह गर्छन्। ‘एकजना साथीले गएर फोटो खिचेपछि सञ्जालमा पोस्ट गर्ने, अनि अरु साथिहरु पनि भोलीपल्ट त्यहीँ गएर कल बजाएर (चराको आवज रेकर्ड बजाएर) फोटो खिच्ने गर्ने जमात बढी रहेको छ। म साथीहरुलाई अलि व्यवस्थित र मर्यादित् भएर काम गर्न सुझाव दिन चहान्छु।’
पन्ध्र वर्षको यस यात्रामा टेकघर्ती मगरले नेपालका चराहरू र चरा पर्यटनमा महत्त्वपूर्ण योगदान दिएका छन्। उनको यात्रा र अनुभवहरूले नेपालमा चरा संरक्षण र चरा पर्यटनको महत्त्व बुझाउन मद्दत गरेको छ। उनै मगरसँग एभरेस्ट पेडियाले ‘गाइडको कथा’ सृङ्खलामा कुराकानी गरेको छ।
-1746176199.jpg)