काठमाडौं ।
विश्वविख्यात धर्म गुरु श्याल्पा तेन्जिन रिम्पोछेको आब्हानमा २५७० औं बुद्ध पूर्णिमाका अवसरमा ‘हिमालय फ्रेन्डसिप अर्गनाइजेसन’ ले काठमाडौंदेखि लुम्बिनीसम्म ‘शान्तिका लागि साइकल यात्रा’ गर्दैछ।
काठमाडौंबाट वैशाख १५ गते सुरु हुने यात्रामा १०८ साइकलेको सहभागिता रहनेछ। उनीहरूले वैशाख १८ गते लुम्बिनीमा पुगेर ध्यान गर्नुका साथै विश्व शान्तिको कामनासहित दीप प्रज्वलन गर्नेछन्।

यात्राको पाँचौं दिन ध्यानपछि रिम्पोछेको पुस्तक ‘पाथ टु पर्फेक्ट फ्रिडम’को नेपाली अनुवाद ‘पूर्ण मुक्तिको मार्ग’ लोर्कापण गरिनेछ। त्यसपछि उनीहरू गाडीमा फर्कनेछन्। आयोजक संस्थाका अध्यक्ष तिलकबहादुर लामाका अनुसार लुम्बिनीबाट विश्व शान्तिको सन्देश दिन कार्यक्रम आयोजना गरिएको हो।
बुद्ध पूर्णिमाका अबसरमा विश्वविख्यात रिम्पोछेको आब्हानमा ‘हिमालय फ्रेन्डसिप अर्गनाइजेसन’ ले काठमाडौंदेखि लुम्बिनीसम्म ‘शान्तिका लागि साइकल यात्रा’ आयोजना गरेको हो। साइक्लिङ गर्न इच्छा भएका तर रजिस्टे«सन शुल्क तिर्न पैसा नभएकाहरूलाई आयोजकले अनुदानको व्यवस्था मिलाएको छ।
‘पहिलो कुरा विश्व शान्तिको कामना गर्नु हो’, उनले भने, ‘दोस्रो कुरा यसले खेल पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने छ।’
साइकलेहरू हेटौंडा, रजहरको पिप्रहर थारु सामुदायिक होमस्टे, बुटवल र लुम्बिनीमा बास बस्नेछन्।
‘हामी करिब ३५० किलोमिटर साइकल कुदाउनेछौं’, यात्राका टेक्निकल कोअर्डिनेटर देवेन्द्र बस्न्यातले भने, ‘साइक्लिस्टका प्रत्यक थोपा पसिना विश्व शान्तिका लागि योगदान हुनेछ।’
कार्यक्रममा सहभागि हुन् अनलाइन फर्म भरेर रजिस्टे«सन शुल्क तिर्नु पर्दछ। काठमाडौं, हेटौंडा, चितवन, रजहर र वुटवलबाट सहभागि हुनेले क्रमशः ५५ सय, ४५ सय, ४५ सय, ३५ सय र १५ सय रुपैयाँ तिर्नु पर्दछ। यसमा जर्सी, खाना र बसोबास सुविधा हुनेछ। साथै सामान्य मेकानिकल र मेडिकल सपोर्टका साथै काठमाडौं फर्कने यातायात सुविधा पनि हुनेछ।
इच्छा भएका तर रजिस्टे«सन शुल्क तिर्न पैसा नभएकाहरूलाई अनुदान दिने व्यवस्था मिलाइएको छ।

अनलाइन फर्म भर्ने लिङ्क :
https://forms.gle/yTLNbr79xHgFsA1t8
‘शान्तिका लागि साइकल यात्रा’का विषयमा एभरेस्ट पेडियाले साइक्लिस्ट एवम् वातावरणविद् देवेन्द्र बस्न्यातलाई केही प्रश्न सोधेको छ। प्रस्तुत छ उनको जवाफ :