रोल्पाको पर्यटन प्रवर्द्धनका लागि आजदेखि ‘जन्तरे समिट’ सुरु भएको छ । समिट ‘कन्सेप्ट लुम्बिनी’ को आयोजनामा सुरु भएको हो ।
आज र भोलि हुने समिटमा पर्यटनसम्बद्ध विशिष्ठ व्यक्तिहरूको सहभागिता रहेनछ । सहभागीलाई खाम पदमार्ग र उवा बुकी पाटनको भ्रमण गराइनेछ ।
भ्रमणका साथै रोल्पाको पर्यटनसँग सम्बन्धित विभिन्न विषयमा छलफल तथा अन्तर्क्रिया हुने कन्सेप्ट लुम्बिनीका अध्यक्ष बाल्कुराम पुनले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा लुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटनमन्त्री तुल्सीप्रसाद चौधरी प्रमुख अतिथि, स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन विशिष्ठ अतिथि तथा प्रदेशसभा सदस्य यमुना रोकामगरको अतिथिका रूपमा सहभागिता रहेको छ ।
साथै, कार्यक्रममा पर्यटन, कला, संस्कृति तथा उद्यमलगायत विभिन्न क्षेत्रका मानिसको सहभागिता रहेको छ ।
समिटको व्यवस्थापकको रूपमा थवाङ गाउँपालिका वडा नम्बर ४ को कार्यालय रहेको छ भने लुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटनले समन्वय गरेको छ । यसका साथै, थवाङ गाउँपालिका, अन्तर्राष्ट्रिय लायन्स क्लब रोल्पा, रोल्पा उद्योग वाणिज्य संघ, अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज, टान, युनिसेफ, यूएनडीपी, सत्यम हेली, फिस्टल एयर, रेड पान्डा नेटवर्क, डब्ल्यूडब्ल्यूएफलगायत संस्था साझेदारको रूपमा रहेका छन् ।