काठमाडौं
आज विश्व प्रणय दिवस। आत्मीयता बाँडेर संसारभर दिवस मनाइँदैछ। आखिर प्रेममै त संसार अडेको छ। प्रेमका विषयमा नलेख्ने कवि, लेखक सायदै होलान् ! यसै अबसरमा एभरेस्ट पेडियाले मुलुकका ७ जना प्रभावशाली महिला साहित्यकारका प्रेमिल कविता, गजल र मुक्तक पस्केको छ।
राधादेवी राजवंशी

काभ्रेपलाञ्चोक जिल्ला, धुलिखेल नगरपालिका–५, श्रीखण्डपुरमा जन्मेहुर्केकी राधादेवी राजवंशी कथा, कविता र यात्रा संस्मरण लेख्छिन्। उनका दुुई ओटा कृति प्रकाशित छन्, ‘छोरीको साहस’ कथासङ्ग्रह र ‘अनुुभूतिका लहरहरू’ कवितासङ्ग्रह। नियात्रासङ्ग्रह प्रकाशनको तयारीमा छ। शङ्खमुल, काठमाडौंमा बसोबास गर्दै आएकी उनी साँगाको महेन्द्र मावि.बाट सेवा निवृत्त भएपछि वि.सं. २०७० बाट लेखनमा सक्रिय भएकी। उनी ‘सुनकोसी वाङ्मय प्रतिष्ठान’की आजीवन सदस्य पनि हुन्।
सुमन थापा ‘सङ्गम’

नेपालगञ्जमा जन्मेहुर्केर साढे दुई दशकदेखि साहित्य साधनामा सक्रिय सुमन थापा ‘सङ्गम’ कविता, गजल, समालोचना, नियात्रा र निबन्ध लेख्छिन्। उनको पहिलो कविता कृति हो, ‘माइतीघरको फूल’। त्यस्तै ११ जना कविको संयुक्त सङ्ग्रह ‘प्रेमको आदिम गीत’ दोस्रो कृति हो भने ‘अभ्युदय’ तेस्रो कविताकृति। उनी ‘वर्तमान कविता समूह’मा आबद्ध छिन्। उनको बसोबास काठमाडौंको भंगालमा छ।
रमी प्रिया

गोरखाको आरुघाटमा जन्मेहुर्केकी रमी प्रिया कविता र गीत लेख्छिन्। ११ जना कविको संयुक्त सङ्ग्रह ‘प्रेमको आदिम गीत’ उनको पहिलो कृति हो। पछिल्लो एक दशकदेखि साहित्य सिर्जनामा सक्रिय उनी ‘वर्तमान कविता समूूह’मा आबद्ध छिन्। विगतमा ‘इभेन्ट अर्गनाइजर’का रुपमा चिनिएकी थिइन्। उनको बसोबास काठमाडौंको शङ्खमुलमा छ।
तारा के.सी.

काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा जन्मेहुर्केकी तारा के.सी. मुक्तक, कविता, कथा, लघुकथा, नियात्रा र संस्मरण लेख्छिन्। उनका ६ ओटा कृति प्रकाशित छन्, ‘तारापुुञ्ज’ र ‘प्रिय छोरी’ कवितासङ्ग्रह, ‘फूलबारी’ बाल कवितासङ्ग्रह, ‘फिन्को र टोरी’ एवम् ‘गुुरुको छनौट’ बालकथासङ्ग्रह र ‘आधुुनिक खोज’ लघुकथासङ्ग्रह छन्। यस्तै कथासङ्ग्रह प्रकाशनको तयारीमा छ। उनी ‘साहित्य तथा संस्कृति विचार मञ्च’की अध्यक्ष हुन् भने ‘सुुनकोसी वाङ्मय प्रतिष्ठान’की कोषाध्यक्ष।
सुनिता खनाल

सिद्धलेक गाउँपालिका–२ धादिङमा जन्मेहुर्केकी सुनिता खनाल कवि एवम् सञ्चारकर्मी हुन्। उनी कविता, निबन्ध र फिचर लेख्छिन्। हालसम्म उनका दुई ओटा कविताकृति ‘रित्तो बगैंचा’ र ‘ओ नायक’ प्रकाशित छन्। नयाँ कवितासङ्ग्रह प्रकाशनको योजनामा छिन्। उनी ‘मधुवन साहित्यिक प्रतिष्ठान नेपाल’की उपाध्यक्ष हुन्। उनको बसोबास काठमाडौंको धुम्बाराहीमा छ।
विमला रानामगर

सुनकोसी गाउँपालिका–३, सिन्धुलीमा जन्मेहुर्केकी विमला रानामगर करिब तीन दशकदेखि साहित्य सिर्जनामा समर्पित छिन्। उनी कविता, गजल र कथा लेख्छिन्। उनी भक्तपुरको शिक्षालयमा नेपाली भाषा र साहित्य पढाउँछिन्। साहित्यिक कार्यक्रमहरूमा सक्रिय हुन्छिन्। चाँडै नै कविताकृति प्रकाशनको योजनामा छिन्। उनी ‘भक्तपुर साहित्य समाज’ की आजीवन सदस्य हुन्।
विणा नेम्कुल

ललितपुरको सानागाउँमा जन्मेहुर्केकी विणा नेम्कुल नेपाली र नेपाल भाषामा कविता, नियात्रा, लघुकथा, संस्मरण आदि लेख्छिन्। उनी २०१९ मा पोइट्री स्लामको फाइनलिस्ट र साहित्यपोस्टको लघुकथा प्रतियोगिता विजेता हुन्। उनले साथीहरूसँग मिलेर ‘कविताया लायकु’ गठन गरेकी छिन्। उनी ‘वर्तमान कविता समूह’मा आबद्ध छिन्। ललितपुरको सानेपामा बसोबास गर्दै आएकी उनी कविताकृति प्रकाशनको योजनामा छिन्।
याे पनि : ‘प्रेम कहिल्यै बुढो हुँदैन’ (भिडियो)