इतिहास र पुराणमा महिलाको स्थान नगन्य भेटिन्छ। त्यहाँ महिलालाई पुरुषको अनुगामिनीको स्थान दिइएको छ। पितृसत्ताको बलियो र दबाबकारी रुपले महिलालाई जहिले पनि पुरुषको छाया मात्र बनाइरह्यो। (डा. रजनी ढकाल, लैङ्गिकता र नेपाली साहित्य)
महिला पछाडि परे कि, पारिए यो नै वर्तमानको कसिलो तर अनुत्तरित साझा प्रश्न हो। यसका बारेमा आआफ्ना तर्क छन्। महिला अधिकारकर्मी वा महिलावादी भन्छन्–महिलालाई पछाडि पारिएका हुन्। यसमा हाम्रा बलिया तर्क र प्रमाण छन्। महिला र पुरुष समान छौं। समताको लडाइँमा सबैको साथ, समर्थन र सहयात्रा खोजिरहेका छौं।

अचेल, मैले भन्ने गरेको छु–महिला पहिला! कसरी सम्भव छ त? यसका लागि कसको भूमिका र दायित्व के हुने हो र हुनुपर्छ ? महिलावादी वा अधिकारकर्मीहरू यो न्यारेसनलाई कसरी लिन्छन्? नारीवादी आफूलाई पहिला बनाउन खोज्छन् वा पुरुषसँगै समान हौं भन्न चाहन्छन्? हामीलाई अघि बढ्न नदिने यो पितृसत्तात्मक समाज हो या पुरुषवादी चिन्तन हो? नत्र महिला ः पहिला हुन के कुराले छेकिरहेको छ।
महिलामाथि घरपरिवार, कार्यस्थल तथा समाजमा हुने गरेका अनेकौं शोषणको विरोधी सोच नै महिलावादी चिन्तन हो। महिला अधिकारका लागि प्रतिवद्ध चिन्तनधारा निर्माण गर्न स्थापित ठोस आवाज र चिन्तनलाई मुखरित गर्ने सामुहिक एवम् एकीकृत विचार नै महिलावादी आन्दोलन हो।
महिलामाथि घरपरिवार, कार्यस्थल तथा समाजमा हुने गरेका अनेकौं शोषणको विरोधी सोच नै महिलावादी चिन्तन हो। महिला अधिकारका लागि प्रतिवद्ध चिन्तनधारा निर्माण गर्न स्थापित ठोस आवाज र चिन्तनलाई मुखरित गर्ने सामुहिक एवम् एकीकृत विचार नै महिलावादी आन्दोलन हो।
अङ्ग्रेजीको फेमिनिजमबाट नेपालीमा नारीवाद शब्द बनेको हो। शरीरमा नारीपनको गुण या पुरुष स्वभाव देखाउने महिलाको अर्थ बुझाउन फेमिनिजम शब्द प्रयोग गरिएको थियो। महिलाका सामाजिक एवम् सांस्कृतिक उत्थानका निम्ति काम गर्ने समूहलाई नै नारीवादका रुपमा अथ्र्याउन थालियो।
फेमिनिजम शब्दको पहिलो प्रयोग सन् १८९५ अप्रिल २५ मा अत्तेन्वम पत्रिकामा भएको थियो। यसको अर्थ ‘आफ्नो स्वायत्ताको स्थापित गर्ने महिला’ भन्ने थियो। ( डा.रजनी ढकाल, नारीवादी चिन्तनको विकास) नारीवाद मानवीय दर्शनबाट प्रभावित छ। नारीवाद शब्दलाई सन् १८७२ मा फ्रान्स र नेदरल्यान्डले प्रयोगमा ल्याएको देखिन्छ। नारी अधिकारलाई सूचित गर्न फेमिनिजम शब्द प्रयोग भएको थियो।

यहाँ मैले चर्चा गर्न खोजेको फोटो फिचरसहितको पुस्तक हो। नेपाल पिक्चर लाइब्रेरीको फोटो डट् सर्कलले प्रकाशन गरेको ‘सार्वजनिक जीवनमा महिला’ पुस्तक दोस्रो संस्करणले पाँच वटा विषयलाई प्राथमिकता दिएको छ। प्रथम प्रकाशनलाई अध्ययन गरेपछि कान्तिपुरले भनेको छ–यस कितावमा नेपाली महिलाका तस्बिर मात्रै छैनन्, उनीहरूका सार्वजनिक जीवनको बयान पनि छ।
यो पुस्तकले उपलब्ध गराएको बलियो दृश्य–भण्डारले इतिहासलाई फरक ढङ्गले हेर्न सघाउनुका साथै हाम्रो कल्पनालाई फराकिलो बनाउन मद्दत गर्छ–समाज अध्ययनले भनेको छ। त्यति मात्र होइन, यसको प्रशंसा गर्दै हिमालखबर लेख्छ–सामान्य महिलाका ससाना कदमले समाजमा ल्याएको विशाल परिर्वतन र महिला आफंैमा आएको परिवर्तन पनि पुस्तकमा भेटिन्छ।
‘जनताका महिला’, ‘टुकीको उज्यालोमा पढ्दै’, ‘महिलाका शब्दहरू’, ‘महिलाका लागि महिला’ र ‘बाहिरी संसारमा’ शीर्षक दिएर पुस्तकलाई खण्ड÷खण्डमा विभाजन गरिएको छ। यसरी हेर्दा पुस्तक महिलाका विषयमा महिलालाई नै प्रष्ट्याउने गरी फोटोसहित उपयुक्त क्याप्सनद्वारा सुशोभित छ। महिलाले गरेका कामलाई फोटोले र फोटोलाई कामले प्रमाणित गरेको छ। फोटो र महिलाबिच अन्तर्सम्बन्ध कायम राखिएको देखिन्छ।
यस पुस्तकमा परिचय खण्डले संस्थागत परिचय, पुस्तक प्रकाशनको विगत एवम् वर्तमान काम र क्युरेटरबिचको कुराकानी पुस्तकको अन्तिम खण्डमा समावेश गरिएको छ। फोटो र कर्मशीलका कथा खोजकर्तालाई समेत पुस्तकमा परिचित गराइएको पाइन्छ।

नारीवादलाई प्राथमिकतामा राखेर दोस्रो संस्करणका रुपमा प्रकाशित यो पुस्तकले नारीलाई सामाजिक, राजनीतिक, सांस्कृतिक विभेदबाट मुक्तिको खोजी गर्न अपील गरेको छ। यो पुस्तक फोटोहरूको सङ्कलन मात्र होइन, बरु वैचारिक दर्शनको सकारात्मक यात्रा पनि हो।
सन् १७९२ मा नारीवादी अमेरिकी लेखक मेरी उल्स्टनक्राफ्टले ‘ए विन्डिकेसन अफ द राइट्स अफ वुमन’मा महिला शिक्षा र महिलाको व्यक्तित्व विकासमा जोड दिएकी छिन्। उनलाई विश्वको प्रथम महिलावादी लेखक र उनको पुस्तकलाई सोसम्बन्धि लेखिएको पहिलो पुस्तक नै मानिन्छ। (डा.रजनी ढकाल, नारी चेतनाको विकास)
पुस्तकमा २०७५ सालदेखि नेपाल पिक्चर लाब्रेरी, फोटो डट सर्कलले सञ्चालन गरेको फेमिनिष्ट मेमोरी प्रोजेक्ट अन्तर्गत् संकलक तथा योगदानकर्ताको श्रम, सीप र सद्भावपूर्ण कर्मलाई मज्जाले हेर्न र पढ्न पाइन्छ।
‘सार्वजनिक जीवनमा महिला’ पुस्तकभित्र नेपालका अग्रज महिला राजनीतिकर्मीलाई देख्न र भेट्न पाइन्छ। उनीहरूका सङ्घर्षशील जीवन भेटिन्छन्। उनीहरूका योगदान, सङ्घर्ष र सफलताको प्रतीक नै आजको नेपाल हो। राणा शासन हटाउन, पञ्चायती व्यवस्था गुल्टाउन र माओवादी सशस्त्र द्वन्द्वमा नेपाली महिलाको सार्थक एवम् सङ्घर्षपूर्ण उपस्थिति चानेचुने कुरै हैन। ज्यानको बाजी थापेर अघि बढेका नेपाली महिलाको सफलताको परिणाम नै नेपालको राष्ट्र प्रमुखमा, सरकार प्रमुखमा, प्रधानन्यायाधीशमा, सभामुखमा र मुख्यसचिवमा महिलाको निर्णायक उपस्थितिलाई खेलाँचीको विषय मान्न सकिन्न।

सुरुवाती समयमा नेपाली महिलाको त्याग, बलिदानी भाव र सङ्घर्षमय सफलताको कडीका रुपमा लिन सकिन्छ। तर, केही अधिकारकर्मी महिलाका कुरा बेग्लै छन्। उनीहरू भन्छन्–दुई चार थान महिलाले शासनमा आसन प्राप्त गर्दैमा महिलावादी आन्दोलन सफल हुन सक्दैन। भुइँमहिलाका कथाव्यथा थाहा पाउनुपर्छ। उनीहरूका पीडा बुझ्नुपर्छ। उनीहरूले अधिकार प्राप्त गर्नुपर्छ। उनीहरूका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारमा आमूल परिवर्तन ल्याएर समृद्धिको ढोका उघार्नुपर्छ।
यो पुस्तकमा धेरैजसो फोटो बोलेको छ। भनिन्छ, एउटा फोटोले हजार शब्दको बयान गर्छ। यो पुस्तक हेर्दै पढेपछि सोही कुरालाई प्रमाणित गरेको अनुभूति भयो। पुस्तकमा २०७५ सालदेखि नेपाल पिक्चर लाब्रेरी, फोटो डट सर्कलले सञ्चालन गरेको फेमिनिष्ट मेमोरी प्रोजेक्ट अन्तर्गत् संकलक तथा योगदानकर्ताको श्रम, सीप र सद्भावपूर्ण कर्मलाई मज्जाले हेर्न र पढ्न पाइन्छ।
पुस्तकमा फोटो मात्र देखाइएको छैन, फोटोसँगै लेखिएका छोटा, मीठा क्याप्सनले पुस्तकको गरिमा र महिमा ह्वात्तै बढाइदिएको छ। १५ सेकेन्डको रील हेर्ने जमानामा यो पुस्तकले पक्कै पनि आफ्नो अमूल्य भ्यालु जोगाउने छ ? इतिहासको दस्तावेज हो यो पुस्तक। युगको सन्देश पनि। सम्वोधन हो, महिलावादीको । अधिकार हो नारीवादीहरुको । समर्पण छ सबैका निम्ति ।
यो पुस्तकले नयाँ पुस्तालाई विगतको ऐना देखाउँछ। वर्तमानमा यसको सान्दर्भिकता बुझाउने छ र भविष्यप्रति आशावादी बनाउने छ।
यस पुस्तकले विगतका शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिकलगायत थुप्रै विषयवस्तु र प्रसङ्ग उठान गरेको छ। यसलाई महिलासँग जोडेर आफ्नै तरिकाले खोज, अध्ययन, अनुसन्धान र विश्लेषण गरेको छ। परिभाषित गरेको छ। महिलाका कुरा मात्र उठाएको छैन, कारण र परिणाम प्राप्तिका लागि अग्रसर हुन सचेत गराएको छ। महिला आन्दोलनले उठाएका मुद्दालाई पहिचान, परिभाषित, परिणाममुखी बनाउन अभिमुखीकरण गरेको छ।
दस्तावेज निर्माण गर्नु कुनै जोकको कुरा होइन। त्योभन्दा ठूलो कुरो त्यसको प्रयोग कसरी हुन्छ, विमर्शको विषय भने हुन सक्छ। सोकेसको कागजी फूल होइन यो पुस्तक, जसलाई हेर्न मात्र सजाइन्छ। न सुगन्ध, न सुन्दरता ! बरु, यो पुस्तकले नयाँ पुस्तालाई विगतको ऐना देखाउँछ। वर्तमानमा यसको सान्दर्भिकता बुझाउने छ र भविष्यप्रति आशावादी बनाउने छ। फोटो हेरेर मात्र पल्टाउने यो कुनै एल्बम होइन, बरु फोटोमा लेखिएको क्याप्सन पढेर महिलाको महिमा बुझ्ने सङ्ग्रहणीय शाब्दिक एल्बम हुन सक्नेछ।
यो पुस्तक महिलावादी पुस्तक लेखनको एउटा थालनी समेत हुन सक्छ। नयाँनयाँ कोण र दृष्टिकोणबाट महिलाका विषयमा उठान गर्न र पुस्तक लेख्न सकिन्छ। थाहा हुनेछ यो पुस्तक हेरेर अनि पढेपछि। महिला केवल चुल्होचौकोमा मात्र सीमित छैनन्, उनीहरूले सार्वजनिक जीवनमा पनि प्रभावशाली भूमिका निवार्ह गर्दै आएका छन्।
यसले नेपाली महिलाका हैसियत पहिचान गराइदिएको छ। विश्वमा नेपाली महिलाको अवस्था र स्थितिको विश्लेषण गर्न बाध्य बनाइदिएको छ। विश्वले महिलाका मुद्दामा नयाँनयाँ खोज, अध्ययन र अनुसन्धान गरिरहेका बेलामा नेपाली महिलाले महिला हिंसा, घरायसी आन्तरिक द्वन्द्व, अवहेलना, तिरस्कार र सम्बन्ध विच्छेदको पीडादायी परिस्थिति ब्यहोर्नु परेको छ। विकसित देशका महिलाले रकेटका कुरा गरिरहँदा पेटका लागि दौडिरहनुको कथा पुस्तक पढेपछि थाहा लाग्छ।
यस पुस्तकमा, महिलालाई सघाउने, उनीहरूको आन्दोलनलाई समर्थन गर्ने महिलावादी पत्रपत्रिका, बुलेटीनका समेत आवरण प्रकाशन गरिएका छन्। यसले उनीहरूको आयुलाई थपेको देखिन्छ। पुस्तकमा हाम्रो मथिङ्गलले सोच्न नसक्ने फोटो र क्याप्सन, सन्देश प्राप्त हुन्छन्। यो नै पुस्तकको खास विशेषता हो।
यसमा हस्तलिखित पत्र पनि छन्, व्यक्ति परिचय सन्देश पनि छन्। अङ्ग्रेजी भाषालाई समेत साथ लिइएको छ।

पुस्तकमा क्युरेटर (कला, वस्तु, सूचना वा सिर्जनालाई छनोट गर्ने, व्यवस्थित गर्ने, संरक्षण गर्ने र दर्शक वा पाठकसमक्ष अर्थपूर्ण ढङ्गले प्रस्तुत गर्ने व्यक्ति नै क्युरेटर हो। नेपालीमा यसलाई सङ्कलक, छनोटकर्ता वा प्रदर्शनी संयोजक भन्न पनि सकिन्छ।) नयनतारा गुरुङ कक्षपति र दिवसराजा खत्रीले नारीवादी अभियान, आन्दोलन, यसको प्रभाव र असर पुस्तकमा समावेश विषयवस्तु, फोटोको प्रयोग र प्रयोगका आयामका बारेमा प्रशस्त दोहोरो सम्वाद र विमर्श गरेका छन्। यसले पनि पुस्तकको वजन बढाएको छ। प्रभावकारिता र प्रयोगमा जिम्मेवारीबोध गराएको छ। पुस्तकको सार नै उनीहरूबिचको संवाद भन्न सकिन्छ।
पुस्तकमा सजिएका फोटाले इतिहास झल्काएका छन्। भूगोल र भावनाको प्रतिनिधित्व गरेका छन्। कला, साहित्य र सङ्गीतलाई सम्वोधन गरेका छन्। संस्कार, संस्कृति र सभ्यतालाई नजिकबाट चिनाएका छन्। यस पुस्तकले कतिपय महिला लेखकका पुस्तकसम्बन्धि अभिमुखीकरण सम्भव भएको छ।
यो पुस्तकलाई स्रोतग्रन्थका रुपमा लिन सकिन्छ। सन्दर्भ सामग्रीका रुपमा प्रयोग गर्न सकिन्छ। सम्पादन र व्यवस्थापनमा खटिएका मित्रहरूको अहोरात्र प्रयास, अभ्यास र सिर्जनशीलताको उत्तम पुरस्कार नै यो पुस्तकलाई मान्न सकिन्छ। पुस्तकमा देखिएका केही सामान्य त्रुटीलाई प्राविधिक कमजोरी मान्न सकिन्छ। सत्कर्मका अघि यस्ता मानवीय त्रुटी शून्य हुन्।
पुस्तकमा सजिएका करिव आठ हजार फोटो जीवन्त छन्। दोस्रो प्रकाशन सबै जनजनका मनमा चीरस्मरणीय रहन सकोस् । शुभेच्छा !