काठमाडौं। जिरीको पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले नयाँ बानेश्वरस्थित एन्.बि. सेन्टरको उमोजा क्याफेमा शुक्रबारदेखि ‘क्यानभासमा जिरी’ चित्रकला प्रर्दशनी सुरु भएको छ। पर्यटन प्रर्वद्धन मञ्च नेपालले आयोजना गरेको प्रदर्शनीको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले शुभारम्भ गरे।
उनले क्यानभासमा पहाडी चित्र बनाएर प्रदर्शनी शुभारम्भ गरेका हुन्। आइतबारसम्म सञ्चालन हुने प्रदर्शनीमा ६ जना कलाकारले बनाएका ३६ वटा चित्र राखिएका छन्। एक्रेलिक र पानी रङ्गको संयोजनबाट कलाकारहरू केशवराज खनाल, प्रकाश मिजार, लिलाधर के.सी., मोहन शिवाकोटी, किशोर रानाभाट र शिव शिर्पालीले बनाएका चित्र प्रदर्शनीमा राखिएका हुन्।
यो पनि : काठमाडौंमा ‘क्यानभासमा जिरी’ प्रदर्शनी गरिने
क्यान्भासमा चित्र कोरेर प्रदर्शनी शुभारम्भ गर्दै नेपाल पर्यटन बोर्डको सिइओ दीपकराज जोशी
आयोजक संस्थाका अध्यक्ष एवम् कला प्रदर्शनीका संयोजक लिलाराम खड्काका अनुसार केही समय पहिले जिरी उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो ‘जिरी महोत्सव’मा बनाइएका तत्स्थानीय चित्रहरू हुन् यी। यिनमा जिरीको प्रकृति, संस्कृति र जीवनशैली झल्काइएको छ।
‘जिरीको यात्रा अबिश्मरणीय बन्यो’, कलाकार खनालले भने, ‘हाम्रो कामले जिरीलाई चिनाउन मद्धत गर्नेछ।’ प्रदर्शनीस्थलमा ‘जिरी लेकाली हाटघर’ले पनि एउटा स्टल राखेको छ, जसमा चिज, छुर्पी, घ्यु, भिर मौरीको मह, जिरी चियाका साथै हस्तकलाका सामान बिक्रीका लागि राखिएका छन्।
-1726225195.jpg)
प्रदर्शनीमा विभिन्न क्षेत्रका व्यक्तिको चहलपहल भइरहेको छ। शुुभारम्भका अबसरमा राष्ट्रिय सभाका सभासद घनश्याम रिजाल, नेपाल ललितकला प्रतिष्ठानका कुलपति नारद हार्तम्छाली, कलाकार रमेश खनाल, साइक्लिस्ट देबेन्द्र बस्न्यात, फोटोपत्रकार चन्द्रशेखर कार्की, लेखक शेखर खरेल, पत्रकार शिव ‘गाउँले’ कवि भोजराज न्यौपाने, पत्रकार अमन कोइराला र भक्तशंकर श्रेष्ठलगायतको उपश्थिति थियो। उनीहरूले ध्यानपूर्वक चित्रहरू अवलोकन गरे।स्मरणीय छ, पर्यटन प्रवद्र्धन मञ्चका अध्यक्ष लिलाराम खड्काले विगत लामो समयदेखि जिरीसहित समग्र दोलखाको पर्यटनमा प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएका छन्।
जिरी प्रर्वद्धनमा कोशेढुङ्गा
दिपकराज जोशी
सिइओ, नेपाल पर्यटन बोर्ड
पर्यटन प्रर्वद्धनका लागि हामी सबैले हातेमालो गर्नुपर्छ। चित्रकला र फोटो प्रदर्शनी पर्यटन प्रवद्र्धनका लागि बलियो माध्यम हुन्। आजको प्रर्दशनी हेरेपछि जिरी भ्रमणका यादहरूले छपक्कै छोप्यो। विगतमा जिरी हुँदै धेरै विदेशी सगरमाथा क्षेत्रमा जान्थे। अहिले आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ। जिरीको ब्रान्डिङ, प्रवद्र्धन र पर्यटनमा पर्यटन बोर्ड हातेमालो गर्न तयार छ।
शुुभकामना
नारदमणि हार्तम्छाली
कुलपति, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान
चित्रकलालाई देश विकासका लागि सफ्ट पावरका रुपमा लिन सकिन्छ। अरू भौतिक संरचनालाई हामीले हार्ड पावरका रुपमा हेर्न सक्छौं। चित्रकलामा जिरीलाई हेर्न पाउँदा मलाई खुसी लाग्यो। त्यसैले आयोजक र कलाकार सबैलाई धेरैधेरै बधाई एवम् शुुभकामना!
-1726225122.jpg)
-1726225121.jpg)
-1726225117.jpg)
-1726225117.jpg)
-1726225118.jpg)
-1726225198.jpg)
-1726225197.jpg)
-1726225196.jpg)
-1726225195.jpg)
-1726225679.jpg)
-1726225678.jpg)
-1726225674.jpg)
-1726225674.jpg)
-1726232903.jpg)
-1726232854.jpg)
-1726232853.jpg)
