ललितपुर। उचित आहार, विहार र विचारबाट निरोगी बनेका ललितपुरका तेजराम महर्जन हरेक बिहान आफ्नै घरमा योग सिकाउँछन्। महालक्ष्मी नगरपालिका वडा नं. ६, सानागाउँमा छ, उनको ‘सिद्धिपुर योग व्यायामशाला’।
उनले वि.सं. २०६९ देखि यसरी योग तथा व्यायाम सिकाउँदै आएका हुन्। त्यसो त उनले वि.सं. २०६७ सालदेखि स्वस्थ रहने बिधी ‘उचित आहार, विहार र विचार’ अभ्यास गर्न सबैलाई प्रेरित गर्दै आएका छन्।
प्राकृतिक स्वास्थ्यका पक्षमा जागरण गराउँदै आएको नेपालको अग्रणी संस्था ‘प्रकृति प्रेमी समूह’ मार्फत् उनी महिनामा दुई पटक काठमाडौं सेरोफेरोमा हाइकिङ गर्छन्। वि.सं. २०६७ सालमा समूहको सदस्य बनेदेखि उनी निरोगिताको मार्गमा हिँडेका हुन्।
याेग सिकाउँदै
काठमाडौं उपत्यकामा उनी नपुगेका कुनै डाँडापाखा छैनन्। ‘हाइकिङले शरीरलाई स्वस्थ बनाउन मद्दत गर्दछ’, उनी भन्छन्, ‘हाम्रा गाउँघरलाई नजिकबाट बुझ्न पाइन्छ। साथै नयाँनयाँ साथी पनि बनाउन पाइन्छ।’
तन्नेरी युवाझैं हँसिला, फूर्तिला र जाँगरिला छन् उनी। भन्छन्, ‘६७ वर्षको भएँ। बाँचुँञ्जेल स्वस्थ समाज निर्माण अभियानमा लागिरहनेछु।’
काभ्रेकाे शारदाकाेटमा तेजराम महर्जन, जयराम मानन्धर र राम देवी महर्जन
हाइकर्सहरूका माझमा उनी सबैका प्रेरणास्रोत बनेका छन्। उनीसँग एभरेस्ट पेडियाले हाइकिङ र योगका विषयमा भिडियो कुराकानी गरेको छ।
नुवाकाेटकाे चिम्टेश्वर क्षेत्रमा
नुवकाेटकाे लखिनश्वरी झरनामा


भारदेउ, ललितपुरकाे गुप्तेश्वर गुफामा तेजराम महर्जन, आशाराम महर्जन र राम देवी महर्जन
हाइकर्सहरुका साथमा



