काठमाडौं
मङ्सिर, छर्लङ्ग हिमाल खुल्ने मौसम। पारिलो घाम तापेर आँखै सामुन्ने धौलागिरि र अन्नपूर्ण हिमाल हेर्न चाहनेका लागि म्याग्दीको हिलस्टेसन ‘टोड्के’ (२,४३० मिटर) उपयुक्त गन्तव्य बन्न सक्छ।
डाँडाबाट गुर्जा, चुरेन, मानापाथी, धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छे« र लमजुङ हिमाल छर्लङ्ग देखिन्छन्। सूूर्योदय र सूूर्यास्तको दृश्य पनि मनमोहक देखिन्छ।
टोड्केका पर्यटन अभियन्ता भिम शेरचन भन्छन्, ‘मुक्तिनाथ जाने पर्यटकले टोड्केको स्वर्गद्धवारीको दर्शन नगरेसम्म मुक्ति पाउँदैनन् भन्ने कथन छ।’
टोड्केको धार्मिक महत्व पनि छ। यहाँ स्वर्गद्वारी महाप्रभुलगायत धेरैले सन्तले तपस्या गरेका थिए। डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ। टोड्केका पर्यटन अभियन्ता भिम शेरचन भन्छन्, ‘मुक्तिनाथ जाने पर्यटकले टोड्केको स्वर्गद्धवारीको दर्शन नगरेसम्म मुक्ति पाउँदैनन् भन्ने कथन छ।’
म्याग्दी जिल्लाको बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र मंगला गाउँपालिकाको संगममा पर्छ टोड्के। टोड्के डाँडाको काखमा सुन्दर गाउँहरू छन्। पूर्वोत्तर दिशामा झीँ, पूर्वमा वाखेत, दक्षिणपश्चिममा पूर्णगाउँ र पश्चिममा कुहुँगाउँ छन्। यी गाउँमा होमस्टे सुविधा छ।
टोड्केमा ३६ जना स्थानीयको लगानीमा सामुदायिक रिसोर्ट ‘टोड्के हिल रिसोर्ट’ सञ्चालित छ। दुई रात डाँडामा विताउने गरी यात्रा योजना बनाउनु बेस हुन्छ। एभरेस्ट पेडियाले टोड्को पर्यटन अभियन्ता भिम शेरचनसँग कुराकानी गरेको छ।
कसरी पुग्ने ?
काठमाडौं–बेनी २८२ कि.मि., बसमा ९ घन्टा। अथवा काठमाडौं–पोखरा हवाईयात्रा २५ मिनेट। पोखरा–बेनी ८२ कि.मि., बसमा ३ घन्टा। बेनीबाट गाडीमा टोड्के पुग्ने पाँच वटा सडक छन्। छोटो बाटो भनेको १८ किलोमिटर छ।
सम्पर्क
भिम शेरचन–९८५१०२३०३२