काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जानकारी दिएको छ।
कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ–गर्जनरचट्याङ र हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले नियमित बुलेटिनमार्फत् बताएको छ।
दिउँसोपख देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखाइएको छ। साथै कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ।
रातिपख पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जनचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।