पोखरा। पोखराका चर्चित कथाकारहरूले लघुकथा सुनाएका छन्। ‘लघुकथा प्रतिष्ठान पोखरा’द्वारा आयोजित रचनावाचनको ५३ औँ शृङ्खला रोचक बनेको थियो।
कार्यक्रममा साहित्यकारहरू सरूभक्त, तीर्थ श्रेष्ठ, लक्ष्मण थापा, डा. ईश्वरमणि अधिकारी, रमेशचन्द्र घिमिरे, दीपक समीप, डा. भूमिराज बस्ताकोटी, कल्याण पन्त, रुपिन्द्र प्रभावी, गीता तिवारी, शुभ शर्मा, ढाकामोहन बराल, लक्ष्मी देवकोटा, लाल कार्की ‘अन्जान’, शिवु ढकाल, विष्णु बास्तोला, तारानाथ पराजुलीलगायतले कथा वाचन गरे।
प्रतिष्ठानका लक्ष्मण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव अमृत क्षेत्री र उपाध्यक्ष कल्याण पन्तले पनि लघुकथाको महत्वबारे बोलेका थिए।