काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
अघिल्लो दिनको तुलनामा बिहीबार (आज) सुन प्रतितोला ३ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा करोबार भएको थियो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।