काठमाडौं। नेपाली बजारमा सोमबार (आज) छापावाल सुन प्रतितोला चार सय रूपैयाँले बढेको छ।
आइतबार प्रतितोला एक लाख १२ हजार ६ सय रूपैयाँ कारोबार भएको सुन सोमबार एक लाख १३ हजार रूपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, महासंघका अनुसार सोमबार चाँदी पनि प्रतितोला पाँच रूपैयाँले बढेको छ। आइतबार प्रतितोला १४ सय ६० रूपैयाँमा बिक्री भएको चाँदी सोमबार १४ सय ६५ रूपैयाँमा कारोबार भएको छ।