काठमाडौं। साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।
अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आइतबार (आज) प्रतितोला ४ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको रहेको छ। शुक्रबार प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो।