काठमाडौं। खराब मौसमका कारण बन्द रहेको तारा एयरको पोखरा–जोमसोम उडान पुनः नियमित सञ्चालनमा हुने भएको छ।
सोमबार (आज) बाट कम्पनीले मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरी तालिका मिलाइएको जनाएको हो।
जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्री बास बस्ने छ। उडान पोखराको पुरानो एयरपोर्टबाटै सञ्चालन हुने तारा एयरले जनाएको छ।
मुस्ताङ जिल्लामा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २ हजार ७३६ मिटर उचाइमा रहेको छ भने यस एअरपोर्टको लम्बाई ७३९ मिटर रहेको छ।