काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला ४ सय रुपैयाँ घटेको सुनको मूल्य सोमबार (आज) प्रतितोला १ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी सोमबार प्रतितोला १४ सय रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँले बढी हो।