काठमाडौं। नजिकिँदै गरेको हिन्दु नारीहरुको पर्व तीजको अवसरमा पशुपति मन्दिर क्षेत्र वरपर मासु र मदिरा निषेध गरिएको छ।
मन्दिर क्षेत्रका चार किल्ला तोक्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले मन्दिर वरिपरि मासु र मदिरा निषेध गरेको हो।
प्रशासनले जारी गरेको सूचनामा गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो कार्य निषेध गरिएको हो।
पशुपतिनाथ क्षेत्र भित्र सुरक्षा कायम गर्दै धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्ने उद्देश्यले मासु र मदिरा निषेध गरिएको हो।