काठमाडौं। साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।
कारोबार भएको अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला ६ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय रुपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेको हो।