काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।
गत शुक्रबारदेखि बढ्ने क्रममा रहेको सुन मूल्य बुधबार घटेको हो। मंगलबारको तुलनामा बुधबार (आज) सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ।आज चाँदी प्रतितोला एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भएको थियो।
मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला पाँच रुपैयाँ घटेको हो।