काठमाडौं। सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ।
मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले सोमबार पनि पनि निरन्तरता पाएको हो।
आइतबार प्रतितोला ८ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला १ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १३ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ घटेको हो।