काठमाडौं। राष्ट्रिय याक तथा चौंरी कृषक महासंघले बैधानिकता प्राप्त गरेको छ। जिल्ला प्रशासन कार्यलय काठमडौंमा दर्ता गरि असोज १५ र १६ गते काठमाडौंमा एक औपचारिक स्थापना कार्यक्रम आयोजना गर्दै महासंघको औपचारीक रुपमा वैधानिकता पाएको घोषणा गरिएको हो।
घोषणा कर्याक्रममा कृषि तथा पशुपंक्षी विकास मंत्रालयका सचिव रेवती रमन पौडेल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, इसिमोडका महानिर्देशक पेमा ज्याम्सो, नेपाल कृर्षि अनुसन्धान परिषदको नानो अमात्य गोर्खाली, दुग्ध विकास संस्थानका महाप्रवन्धक संजीव झा, कृषि पशुपंक्षी विकास मन्त्रालयका नीति प्रमुख प्रदिप भट्टराई, मानवशास्त्र केन्द्रिय विभाग किर्तिपुरका डा. जिवन मणि पौडेल लगायत अन्य विभागीय प्रमुखहरुको उपस्थितिमा सो कर्याक्रममा सम्पन्न भएको थियो। कार्यक्रममको अध्यक्षता महासंघका अध्यक्ष सङ्बु शेर्पाले गरेका थिए।
महासंघको ११ सदस्यीय समिति गठन गरीएको छ। ध्यक्षमा दावा सङबु शेर्पा रामेछाप, उपाध्यक्ष लालकुमार के.सी. दोलखा, महासचिव पबिहाङ राई भोजपुर, सचिव चन्द्र लाल नेपाल पाँचथर, कोषाध्यक्ष पशिशेर्पा ओखलढुंगा, सदस्यहरूमा सोजन हिराचन मुस्ताङ, बेद वहादुर गुरुङ्ग मनाङ, जसपाल बुढाथोकी दार्चुला, कार्साङ गेतामु रसुवा, हिम प्रसाद महत डोल्पा, फुर्वालमु शेर्पा सोलु रहेका छन।
कार्यक्रम सहजीकरण इसिमोडका डा. टाशी दोर्जीले गरेका थिए भने उनलाई रमेश तिमल्सिनाले साथ दिएका थिए।