काठमाडौं
सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नंं. ८ मा छ मनमोहक कुपिण्डे ताल। यसलाई जनबोलीमा कुपिण्डे दह भनिन्छ।
ताल नजिकै कैले बराहको मन्दिर छ। बराहलाई भेडाको साँढ बलि चढाइन्छ। यी बराहको पूजापाठ गरेमा मनोकामना पुरा हुने जनविश्वास छ। विशेषतः तिर्थालुहरू सन्तान प्राप्तिको कामना गर्दै पूजा गर्छन्।
कैले बराह मन्दिर
रोल्पाका पत्रकार एवम् पर्यटनकर्मी बल्कुराम पुन
तालमा डुङ्गा चढ्ने सुविधा छ। साथै किनारमा घोडा चढ्न पनि पाइन्छ। डुङ्गा व्यवसायी सुकदेव आचार्यका अनुसार यहाँ ७ ओटा डुङ्गा छन्। डुङ्गामा बसेर एक पटक तालको फन्को मार्न दुई सय रुपैयाँ तिर्नु पर्दछ भने बीचमा पुगेर फर्कन सय रुपैयाँ मात्र लाग्छ।

ताल किनारैसम्म मोटर बाटो छ। त्यहाँ खाजाघर पनि छन्। खाना तथा खाजा पाइन्छ। केही व्यवसायीले ताल नजिकै गाउँमा होमस्टे पनि गराउँछन्।
पर्यटकलाई घोडा चढ्ने सुविधा दिलाउँदै आएका पर्यटनकर्मी तिलकराम यरी ।
राम्रो पूर्वाधार विकास गरेर प्रचारप्रसार गर्न सके कुुपिण्डे दहबाट सल्यानीले आम्दानी गर्न सक्छन्।
‘तीनै तहका सरकारले कुपिण्डे ताललाई केन्द्रमा राखेर सेरोफेरोका सम्पदाको एकीकृत पर्यटन विकास गर्नु पर्दछ’, सल्यानका पर्यटनकर्मी बलबहादुर गिरी भन्छन्, ‘हामीले सधैं इको टुरिजममा जोड दिनु आवश्यक छ।’
जीवनसाथी भिमसरीका साथमा होटल सञ्चालक रुपलाल यरी ।
कसरी पुग्ने ?
काठमाडौंबाट नेपालगञ्ज उडेर जाँदा एकै दिनमा कुपिण्डे दह पुुग्न सकिन्छ। ५० मिनेट हवाई उडानपछि करिब ४ घण्टा गाडी यात्रामा तालमा पुुगिन्छ। नेपालगञ्जबाट कोहलपुर, छिन्चुु, बालुवा सङ्ग्रही हुँदै कुपिण्डे ताल।
हामी घुमाउँछौं
बलबहादुर गिरी, पर्यटनकर्मी
हाम्रो सल्यान प्राकृतिक, सांस्कृतिक र जैविक विविधताका दृष्टिले अनुपम छ। त्यसैले कुपिण्डे दहसहित सल्यानका अन्य सम्पदाको अध्ययन एवम् अवलोकन गर्न चाहने स्वदेशी तथा विदेशी पर्यटकलाई घुमाउन हामी हरपल तयार छौं। त्यसैले आवश्यक जानकारीका लागि मलाई सम्पर्क गर्न अनुरोध गर्दछु।
सम्पर्क : ९८४७८८९१६०
धने गोसाइँ, पूजारी, कैले बराह मन्दिर
डुङ्गा व्यवसायी सुकदेव आचार्य





