पोखरा ।
प्रतिबिम्ब वाङ्मय प्रतिष्ठान, पोखराले भव्य रुपमा ‘वसन्त काव्य महोत्सव’ गरेर स्रष्टाहरूको मनोबल बढाएको छ। उसले शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्षमा कविता, गजल र मुक्तक वाचनका साथमा स्रष्टा सम्मान कार्यक्रम आयोजना गरेको हो।
प्राञ्जल
कार्यक्रममा गजल र मुक्तक विधाका १३–१३ जना स्रष्टाले रचना वाचन गरेका थिए भने ११ जनाले कविता।
गण्डकी प्रदेशकी सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अर्को आकर्षण थियो, स्रष्टा सम्मान। त्यहाँ साहित्यकार तीर्थ श्रेष्ठलाई सम्मान गरियो।
मु
मुक्तक सुनाउने स्रष्टाहरूमा अमृता पोखरेल, ईश्वरमणि अधिकारी, कृष्ण उदासी, कृष्ण देवकोटा, कृष्ण सुवेदी, जीवनसागर भण्डारी, दीपक समीप, पवित्रा भण्डारी ‘पारु’, भूमिराज बस्ताकोटी, सम्झना रेग्मी, सरला लामिछाने ‘सरु’, सागर अधिकारी र सुशील अधिकारी थिए।
त्यसैगरी गजलकारहरूमा अनुराग अधिकारी, अमृत सुवेदी, अव्यग्र अस्मित, आवाज शर्मा, कपिल शर्मा, गणेश सदाशंकर, गीता अधिकारी ‘जून’, त्रुपक, निकेश गिरी, प्राञ्जल, शिव त्रिपाठी, सञ्जिता लम्साल, सावित्री गिरी थिए।

कविता सुनाउनेहरूमा ईन्द्र राना ‘प्रतीक’, केशु शर्मा, जगन्नाथ रेग्मी, जे. अस्मिता, रोशन तल्कोटे, रोशन तिमिल्सिना, लक्ष्मण थापा, शुभ शर्मा, संयोग बस्याल, सञ्जीव पौडेल र समीप वैरागी थिए।
मायाको चिनो ग्रहण गर्दै रोशन तल्कोटे
कार्यक्रममा मुक्तक तर्फ प्राञ्जल, गजल तर्फ दीपक समीप र कविता तर्फ डा. ईश्वरमणि अधिकारीले सहजिकरण गरेका थिए।


स्मरणीय छ, यस प्रतिष्ठानले स्थापनाको छोटो समयमै प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिसकेको छ। यसअघि पनि उसले निम्न कार्यक्रमहरू गरेको थियो :
- गजलकार मनु ब्राजाकीको जन्म जयन्तीका अबसरमा वि.सं. २०८१ साउनमा विशेष कार्यक्रम सहित गजल वाचन गरेको थियो।
- वि.सं.२०८२ वैशाखमा धुमधामसँग ‘वसन्त काव्य उत्सव’ गरियो। उक्त अबसरमा जनकविकेशरी धर्मराज थापाको शतवार्षिकीका अबसरमा सम्मान प्रकट गर्दै उनले गाएका गीत गायनका साथै नृत्य गरिएको थियो।
- कार्यक्रममा कवि भूपि शेरचनमा समर्पण गरेर ‘नेपाली मुक्तकमा पोखरा परिचर्चा’ गरिएको थियो। साथै मनुु ब्राजाकीमा समर्पण गरेर ‘नेपाली गजलमा पोखरा’ कार्यक्रम पनि गरिएको थियो।
- त्यस्तै कविशिरोमणि लेखनाथ पौड्यालमा समर्पित ‘नेपाली कवितामा पोखरा’ कार्यक्रम गरिएको थियो। त्यहाँ कविले आआफ्ना कविता वाचन गरेका थिए।
- त्यस अबसरमा साहित्यकारहरू मुकुन्दशरण उपाध्याय, सरुभक्त र ज्ञानुवाकर पौडेललाई सम्मान गरिएको थियो।
...
शिवहरी आचार्य, अध्यक्ष, प्रतिबिम्ब वाङ्मय प्रतिष्ठान
नेपाली कला, साहित्य र संस्कृतिको विकासका लागि प्रयत्नशील रही स्थानीय प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले हामीले वि.सं. २०८० मङ्सिरमा प्रतिष्ठान गठन गरेका हौं। हामी सिर्जनात्मक वातावरण निर्माण गरी समाज रुपान्तरणमा योगदान दिनेछौं।
सम्पर्क: ९८४६०४४८१४
