काठमाडौं।
नेपालमा स्वास्थ्यवद्र्धक हाइकिङ अभियान सञ्चालन गर्दै आएको अग्रणी संस्था प्रकृतिप्रेमी समूहले शनिबार आफ्ना सदस्यहरूलाई भक्तपुरको पर्यटकीय क्षेत्रमा हाइकिङ गराएको छ।
नेपाल माता मन्दिर
समूहकी सचिव एवम् ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक राम देवी महर्जनको नेतृत्वमा हाइकर्सहरूले स्वास्थ्यको मूलमन्त्र ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ मन्त्रोचारण गर्दै पदयात्रा गरेका हुन्।
उचित आहार, विहार र विचार प्रशिक्षक राम देवी महर्जन ।
उनीहरूलाई काठमाडौंको पालुवारी क्षेत्रमा रहेको नेपाल माता मन्दिरबाट भक्तपुरमा अवस्थित पञ्च महालक्ष्मी मन्दिर, तेलकोट भन्ज्याङ, जालापादेवी मन्दिर हुँदै शान्तिडाँडामा पु¥याएको थियो।
शान्तिडाँडामा बुद्धको दर्शनपछि फर्केर लामागाउँस्थित सामुदायिक होमस्टेमा खाना खुवाइयो।
पञ्च महालक्ष्मी मन्दिर
जालापादेवी मन्दिर परिसर
खानापछि उनीहरूलाई टुडी झरना, रानीझुला हुँदै सुडाल जाने मूल सडकसम्म हिँडाइयो।
टुडी झरना,
नेपालमाता मन्दिरबाट शान्तिडाँडासम्म ७ किलोमिटर र त्यहाँबाट थप ७ किलोमिटर गरी १४ किलोमिटर पदयात्रा गराइयो। पदयात्राका लागि यो पदमार्ग उत्कृष्ट छ।
रानी झुला
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लेखिएको निलो क्याप लगाएका हाइकर्सहरू लामबद्ध भएर अनुशासित रुपमा हिँडेका थिए। उनीहरू पदयात्रामा रोमाञ्चित देखिन्थे।
उनीहरूलाई होमस्टेमा स्वास्थ्यवद्र्धक खाना खुवाइयो। खानामा भात, दुई थरि तरकारी (साग र मिक्स), अचार र दाल थियो। त्यसैगरि सलादस्वस्प मुला, गाजर, काँक्रो र स्याउ थियो।

यस संस्थाको हाइकिङमा जंकफुड, फास्टफुड र मदिरा निषेध छ। पदयात्रीलाई तीन बराबर आहार (एक भाग अन्न, एक भाग तरकारी र एक भाग सलाद) खुवाइन्छ। यसरी खाँदा शरीरमा कब्जियत हुँदैन। कब्जियत नभएपछि स्वस्थ भइन्छ।
ठाउँठाउँमा स्याउ र पानी ब्रेक गर्दै पदयात्रा गराइएको थियो। स्थानीय मिनु तामाङको होमस्टेमा खाना खुवाएपछि टोली नेता एवम् हाइकिङविज्ञ मर्हजनले अन्तरक्रिया गराइन्। उनले सधैं ढाड, कम्मर र गर्धन सिधा राख्न आग्रह गरिन्। पानी खाने तरिकाका साथै केही स्वास्थ्य ज्ञान बाँडिन्। अनि एउटा स्वास्थ्यवद्र्धक गीत गाइन्। गीतमा सबै हाइकर्स नाचेका थिए।

खानापछि झरना र रानीझुला हेरेर उनीहरू काठमाडौं फर्के।

स्मरणीय छ, यस संस्थाले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँछ। उसले बेलाबेलामा लामो दूरीको पदयात्रा पनि गराउँछ। यहि सिलसिलामा दशैं लगत्तै मुस्ताङ भ्रमण पनि गराउँदैछ।

यस संस्थाले हाइकिङ र टे«किङ मात्र गराउने होइन, निरोगी रहन परामर्श दिन्छ। निरोगी र आनन्दित रहन विभिन्न व्यबहारिक ज्ञान पनि बाँड्छ। साथै योग र साँचो ध्यान पनि सिकाउँछ।
होमस्टेमा स्वागत
मिनु तामाङ, होमस्टे सञ्चालक
हामीले नगरकोटभन्दा ३ किलोमटर तल लामागाउँमा सामुदायिक होमस्टे चलाएका छौं। हाम्रोमा १५ सय रुपैयाँको प्याकेज पाइन्छ। प्याकेजमा वेलकम ड्रिङ्क्स, डिनर, बेड, ब्रेकफास्ट र लन्च सुविधा हुन्छ। पहिल्यै खबर गरेर आउनुुस् है !
सम्पर्क : ९८१३४६३३२५
हाइकिङका थप तस्बिरहरू :
























