जनकपुरधाम। चैत्र शुक्ल नवमीका दिन भगवान् श्री रामको जन्मदिनको अवसरमा आज जनकपुरधाममा श्रद्धापूर्वक ‘रामनवमी’ मनाइँदै छ।
रमनवमीको अवसरमा मन्दिर परिसरमा पूजाअजा गर्ने श्रद्धालुभक्तजनको घुइँचो लागेको छ। नवमीमा सहभागी हुन नेपाल तथा छिमेक देश भारतबाट हजारौंको संख्यामा श्रद्धालुहरू जनकपुरधाम आएका छन्।
त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भगवान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ।
आजको दिन देशभरी रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमहरुमा स्नान ध्यान गरी व्रत बसी रामगीता पाठ, अध्यात्म वाल्मीकि र तुलसीकृत–रामायण वाचन गर्नुका साथै भगवान रामको पूजाआराधना गरी रातभरी भजनकीर्तन र जाग्राम बस्ने परम्परा रहिआएको छ।
आजको दिन मधेस प्रदेश सरकारले सार्वजनिक विदा समेत दिएको छ।