काठमाडौं। बिहिबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ।
लगातार बढीरहेको सुनको मुल्यले यसअघि गत चैत २२ गतेको रेर्कड तोड्दै बिहिबार(आज) नयाँ रेकर्ड कायम गरेको हो।
गत चैत २२ गते सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा आठ सय रुपैयाँ बढी हो।
अघिल्लो कारोबार दिन अर्थात् बुधबार तोलामा एक हजार आठ रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार दुई सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला २० रुपैयाँ बढेको हो।