काठमाडौं। विश्व प्रसिद्ध पर्वतारोही कामिरिता शेर्पाले २७औँ पटक सगरमाथाको चुचुरो आरोहण गरेका छन।
उनी सोमबार बिहान ८ स् ३० बजे सगरमाथाको चुचुरोमा पुगेको नेपाल सरकारले खटाएका सम्पर्क अधिकृतले जानकारी गराएका छ्न।
सन् १९९४ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला टेकेका शेर्पाले पोहोर साल २६औ पटक सगरमाथा आरोहण गरेर विश्व किर्तिमानी राखेका थिए। उनको सो रेकर्ड तीन दिनअघि मात्रै अर्का आरोही पासाङ दावा शर्पाले बराबरी गरेका थिए।
२७औँ पटक आरोहणसँगै सर्वोच्च शिखर सगरमाथा आरोहणको इतिहासमा नयाँ कीर्तिमानी बनाएका छन। उनी विश्वमै सगरमाथाको सबैभन्दा धेरै आरोहण गर्ने व्यक्ति बनेका छन्।