काठमाडौं। नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ।
अघिल्लो कारोबार भएको दिन अर्थात् मंगलबार प्रतितोला ९ सय रुपैयाँ बढेको सुनको मूल्य बुधबार (आज) पनि बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई सय रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।