पोखरा। पोखरा उपत्यकाको दक्षिणपश्चिमी डाँडा हो पुम्दिकोट। पोखरा महानगरपालिका वडा नं २२ मा अवस्थित प्राचीन कोटमा ५१ फिट अग्लो शिवको मूर्ति स्थापना गरेसँगै पर्यटकको चहलपहल बढ्दै गएको छ।
‘दिनदिनै नेपाली र भारतीय पर्यटकको भिड बढ्दैछ’, पुम्दिकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बराल भन्छन्, ‘तेस्रो विश्वका पर्यटकको पनि आकर्षक गन्तव्य बनेको छ।’ एउटा डाँडामा महादेवको मूर्ति बनेको छ भने नजिकैको अर्को डाँडामा सुमेरु पर्वत। सुमेरु पर्वतमा मयूरमाथि बसेका कुमार र कमलमाथि बसेकी भगवतीका मूर्ति छन्। यहाँ विशाल डमरु पनि बनाइएको छ। साथै मनो रेल लगायत प्रोडक्ट बनाउने काम भैरहेको छ।
धार्मिक पर्यटनधाम बनाउने उद्धेश्यले समाजसेवी बरालको अगुवाईमा सबै काम भएको हो। करिब २२ रोपनी जमिनमा विशाल शिव मूर्तिसहित १०८ वटा शिवलिंग, डमरु, कलशलगायतका संरचना बनाइएको छ। महायज्ञ गरि आर्थिक संकलन गरेर पूर्वाधार विकासका काम अघि बढाइएको हो। यहाँ राखिएको विशाल मूर्ति उद्योपति कमल जैनले प्रदान गरेका हुन्।
![](https://www.everestpedia.com/uploads/editor/Gantabya/Pumdikot_80/pumdikot%20(2).jpeg)
यसलाई पर्यटनधाम बनाउन ठूलो रकम दान गर्नेहरूमा समाजसेवी बराल, मुरलीधर रुङ्ग्टा, उद्योगपति कमल जैन, बिष्णु बराललगायत छन्। समितिले यसको संरक्षण गर्दै आएको छ। कोटबाट पोखरा भ्याली र हिमाली सौन्दर्य समेत देखि देखिने भएकाले पुम्दिकोटमा सबैखाले पर्यटक रमाउँछन्। यहाँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङदेखि मनास्लु हिमालसम्मको लामो लर्कन देखिन्छ। त्यतिमात्र होइन, फेवातालसहित पोखरा उपत्यका छर्लङ्ग देखिन्छ।
![](https://www.everestpedia.com/uploads/editor/Gantabya/Pumdikot_80/pumdikot%20(5).jpeg)
पुम्दिकोट मुन्तिर विश्व शान्ति स्तुप छ। त्यसैले स्तुप र पुम्दिकोट भ्रमणलाई एउटै रुटमा राखेर घुमफिर गर्न सकिन्छ।
आज सिँगो पुम्दिकोट क्षेत्रको कायाकल्प भएको छ। यहाँ होटल, लज, रेष्टुँरा र पसल खुलेका छन्। पोखराको छोरेपाटनबाट सात किलोमिटर दक्षिण पश्चिममा पर्दछ पुम्दिकोट। डाँडासम्मै पिच सडक छ। पोखराबाट २० मिनेट ड्राइभिङमै पुग्न सकिन्छ। पोखराबाट सार्बजनिक बस, जिप र ट्याक्सी चल्छन्।
हिँडेर जान चाहनेका लागि पोखराको रानीवन, पुम्दीकोट, भुम्दीकोट, थाप्लेडाँडा हुँदै पञ्चासेसम्म पदयात्रा गर्न सकिन्छ।
![](https://www.everestpedia.com/uploads/editor/Gantabya/Pumdikot_80/pumdikot%20(1).jpeg)
![](https://www.everestpedia.com/uploads/editor/Gantabya/Pumdikot_80/pumdikot%20(3).jpeg)
![](https://www.everestpedia.com/uploads/editor/Gantabya/Pumdikot_80/pumdikot%20(4).jpeg)
![](https://www.everestpedia.com/uploads/editor/Gantabya/Pumdikot_80/pumdikot%20(6).jpeg)
![](https://www.everestpedia.com/uploads/editor/Gantabya/Pumdikot_80/pumdikot%20(7).jpeg)
![](https://www.everestpedia.com/uploads/editor/Gantabya/Pumdikot_80/pumdikot%20(8).jpeg)
![](https://www.everestpedia.com/uploads/editor/Gantabya/Pumdikot_80/pumdikot%20(9).jpeg)
![](https://www.everestpedia.com/uploads/editor/Gantabya/Pumdikot_80/pumdikot%20(10).jpeg)
![](https://www.everestpedia.com/uploads/editor/Gantabya/Pumdikot_80/pumdikot%20(11).jpeg)
![](https://www.everestpedia.com/uploads/editor/Gantabya/Pumdikot_80/pumdikot%20(12).jpeg)
![](https://www.everestpedia.com/uploads/editor/Gantabya/Pumdikot_80/pumdikot%20(13).jpeg)