नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन् ।
सीईओ छनोट तथा नियुक्ति सिफारिस कार्यविधिअनुसार प्राप्त आवेदनको मूल्यांकनपछि छनोट उपसमितिले शुक्रबार १६ जनाको नाम सार्वजनिक गरेको हो ।
संक्षिप्त सूचीमा पर्नेहरूमा आशुतोष प्रधान, उत्तमप्रसाद देवकोटा, टेकबहादुर महत, धर्मराज दवाडी, नोजल कोइराला, युविका भण्डारी, राजाराम केसी, रामचन्द्र सेढाइँ, रोहिणीप्रसाद खनाल, लक्ष्मण गौतम, विनोद अर्याल, श्रद्धा श्रेष्ठ, श्रीप्रसाद भट्टराई, सन्तोष विक्रम थापा, सुरेशसिंह बुडाल र हिक्मत सिंह ऐर रहेका छन् ।
छनोट उपसमितिले सूचीमा परेका सबै उम्मेदवारलाई आगामी मंसिर १० गते बोर्ड सचिवालयमा उपस्थित हुन निर्देशन दिएको छ । उनीहरूले उक्त दिन आफ्नो शैक्षिक योग्यता तथा अनुभवका सक्कल प्रमाणपत्रसहित प्रस्तुतीकरण गर्नुपर्नेछ ।
१६ जनामध्येबाट अन्तिम रूपमा सीईओ नियुक्तिका लागि सिफारिस हुने उम्मेदवारको टुंगो लाग्नेछ ।