दार्चुला
दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाका बासिन्दा स्थानीय अल्लो, भाँगो र ऊनबाट बनाइएका ज्याकेट, कोट, टोपी र झोला प्रयोग गर्दछन्। बलियो, न्यानो र स्वास्थ्यवद्र्धक हुने भएकाले उनीहरू स्थानीय उत्पादनमा गौरव गर्छन्।
सुदूरपश्चिम प्रदेशकै अग्लो अपी हिमाल (७,१३२ मिटर)
अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा पनि दार्चुला बाहिरका कार्यक्रमहरूमा सहभागि हुँदा पनि लोकल कोटमै देखिन्छन्।
भक्तसिंह ठेकरे बोहरा, अध्यक्ष अपिहिमाल गाउँपालिका
गाउँमा भेडाच्याङ्ग्रा पालन गरिएको हुन्छ। वनपाखामा अल्लो र भाँगो आफैं उम्रिन्छ। त्यसबाट धागो बनाएर उनीहरू कपडा बुन्छन्। यसरी बनाइएका कपडाबाट गाउँकै टेलर्स सञ्चालकले आवश्यकता अनुसार कोट, ज्याकेट आदि बनाउँछन्। यस्तै एक जना कोट मास्टर हुन्, कमलसिंह धामी।
सिमार
अपिहिमाल गाउँपालिका वडा नं. ३ पाँथा गाउँमा जन्मेहुर्केका धामीले गाउँ मुन्तिर सिमारमा पसल खोलेका छन्। गाउँपालिकाको केन्द्र नौपाटाबाट क्षेत्तीतिर उकालिने पदमार्गमा पर्दछ उनको, ‘न्यु सुर्मा सप्लार्यस’। उनी गाउँलेलाई चाहिने खिच्रिकमिच्रिक सामान त बेच्छन् नै, फुर्सदमा ज्याकेट, कोट, झोला आदि पनि सिलाउँछन्। त्यसैले उनी ‘ज्याकेट मास्टर’ पनि हुन्।
भिडियो :
सिल्पी कमलसिंह धामी
कपडा गाउँलेले नै उपलब्ध गराउँछन्। उनी सिलाइको मूल्य ज्याकेटको १३ सय, टोपीको ७ सय र झोलाको पनि ७ सय रुपैयाँ नै लिन्छन्।
‘गाउँलेले आफैं लगाउन र उपहार पठाउन सिलाउँछन्’, उनी भन्छन्, ‘सिलाई मेरो पार्ट टाइम काम बनेको छ।’

न्याना रैथाने कपडा
उमेशसिंह ठेकरे, स्थानीय युवा, थुम्ती गाउँ
भेडाको ऊनबाट बनाइएका कोट, ज्याकेट र पाइन्टले शरीरलाई न्यानो बनाउँछ। पानी पर्दा पनि शरीर भिज्दैन, बाहिरबाटै पानी बगेर जान्छ। हाम्रो गाउँघरमा परम्परागत शैलीबाट ऊन कात्ने, धागो र कपडा बनाउने चलन छ। साथै सिलाइमा भने केही नवीनता देखिन्छ। हामीले रैथाने सिप संरक्षण गर्नै पर्छ। यसबाट बढी भन्दा बढी फाइदा लिन नयाँ प्रविधिबाट कपडा उत्पादन र आधुनिक डिजाइनले सिलाउनुु पर्ने देखिन्छ।
सम्पर्क : ९८६९६२४५९४
जीवनसाथीका साथमा रंघाडी गाउँका जसमल बोहरा
मानसिंह बोहरा
चर्खामा धागो बाट्दै घाँजीर गाउँका संस्कृतिकर्मी विरुवा मन्याल
क्षेत्ती गाउँका १७ वर्षे भेडा गोठाला विशालसिंह बोहरा
