लमही ।
मुसा खाएर किसानलाई अन्नबाली जोगाउन महत्वपूर्ण भूमिका खेल्ने लाटोकोसेरो तथा हुचील संरक्षणका लागि शुक्रबारदेखि दाङको लमहीमा लाटोकोसेरो संरक्षण उत्सव सुरु भएको छ। लाटोकोसेरोको अवैध व्यापार, चारिसिकारी गर्ने क्रम बढ्दै गएकाले संरक्षण गर्ने उद्देश्यले १३ औं संस्करणको उत्सव भएको हो।
सन् २०१२ देखि स्थानीय सस्कृति, खेल, संरक्षण संगै लाटोकोसेरो लगायत प्रजातिका चरा, वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले लाटोकोसेरो संरक्षण उत्सव हुँदै आएका छ।
अजम्बरी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा प्रकृतिका साथीहरु संस्थाले नेपाल लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव सुरु भएको हो। उत्सवमा लाटोकोसेरोको साथै अन्य चरा, वन्यजन्तु, जैविक विविधता संरक्षणका विषयका विज्ञहरुले स्टल राखेर संरक्षणको महत्वबारे जानकारी दिइरहेको आयोजक प्रकृतिका साथीहरुका सचिव कृष्ण भुसालले बताए।

कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले लाटोकोसेरो लगायत चरा, वन्यजन्तु, जैविक विविधता संरक्षणका लागि यस्ता कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिए। कार्यक्रममा विभिन्न विद्यालय र कलेजका विद्यार्थीहरुले लाटोकोसेरो संरक्षण विषयमा केन्द्रित भएर सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। उत्सवमा आउने पर्यटकहरुलाई स्थानीय खानाका परिकार पस्किएको थियो।
उत्सवले स्थानीयलाई लाटोकोसेरो लगायत चरा, वन्यजन्तु संरक्षणमा जनचेतना जागृत गर्नुको साथै पर्यापर्यटनको विकासमा योगदान दिने स्थानीय आयोजक संस्था अजम्बरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन रिजालले बताए।

लाटोकासेरो तथा हुचिल संरक्षणकालागि जनस्तरबाटै जनजागरण जगाउन प्रकृतिका साथीहरु नामक संस्थाले विभिन्न जिल्लामा संरक्षण उत्सव गर्दै आएको छ। उत्सवमा मुसा खाएर किसानको साथीको रुपमा महत्वपूर्ण भूमिका खेल्ने लाटोकोसेरो संक्षणमा नागरिककै घरआँगनमा पुगेर जनतेचना जगाउँदै आएको छ। यसले लाटोकोसेरो तथा हुचिल मात्र होइन, अन्य वन्यजन्तु, वनस्पतिसंरक्षणका कार्यक्रम पनि संरक्षण उत्सवमा हुँदै आएको छ।
नेपालमा २४ प्रजातिका लाटोकोसेरो पाइन्छन्। लाटोकोसेरोको एउटा जोडीले एक सिजनमा २ हजार देखि ३ हजार सम्म मुसाहरू खान सक्छ। जसले कृषि उत्पादन वृद्धि गर्न सहयोग पुग्नुको साथै जैविक
उत्सवमा पत्रकार कृष्णमणि बरालले गिद्ध संरक्षण विषय समेटेर नेपालमा पाइने ९ प्रजातिकै गिद्धका तस्बिर प्रदर्शन गरेका छन्। विविधता र पर्यापर्यटनकालागि पनि महत्त्वपूर्ण रहने कार्यक्रमका सहआयोजक प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले बताए। किसानको साथी लाटोकोसेरो संरक्षणकालागि १५ वर्ष अघि देखि देशका फरक फरक जिल्लामा संरक्षण उत्सव हुँदै आएको आयोजकले बताएका छन् । कोभिडको समयमा दुई वर्ष भने संरक्षण उत्सव हुन सकेको थिएन।

सहरमा लाटोकोसेरोको वासस्थान हराउँदै गएपछि प्रकृतिका साथीहरू नामक संस्थाले कास्की, म्याग्दी, स्याङजा र बागलुङमा गरी १ सय कृत्रिम गुँड बनाएर सार्वजनिक चौतारा, व्यक्तिका घरवरपर, सामुदायिक घर, समाज घर लगायत क्षेत्रमा स्थानीयको सहमति र सहकार्यमा गत भदौमा कृत्रिम गुँड राखेको पनि प्रकृतिका साथीहरूले लाटोकोसेरो संरक्षण अभियान चलाइरहेका छन् ।

यसरी राखिएका कृत्रिम गुँडहरूमा मध्ये ४८ वटामा लाटोकोसेरो लगायत चराहरूले गुँड लगाएका छन् । जसमा पहिलो वर्ष ७ वटा कृत्रिम गुँडमा लाटोकोसेरोले गुँड लगाएका छन् । लाटोकोसेरो संरक्षण क्षेत्रमा गत तीन दर्शक देखि क्रियाशील प्रकृतिका साथीहरू नामक संस्थाले हेमजाका दुई विद्यालयमा लाटोकोसेरो क्लब स्थापना, तिब्रेकोट सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र तथा गुलेली प्रतिबन्धित क्षेत्र घोषणा, लाटोकोसेरो संरक्षण दूतको छनोट लगायतका काम गरेको थियो ।

प्रकृतिका साथीहरुका निर्देशक आचार्यले सरकारले लागू गरेको दश वर्षे लाटोकोसेरो कार्ययोजना निर्माण र कार्यान्वयनमा प्रभावकारी काम गरेका थिए । आचार्यले लाटोकोसेरोको अवैध सिकार तथा व्यापार र वासस्थान जोगाउन मार्ग निर्देश गरेका छन् ।
