काठमाडौं।
हिमालपारीको जिल्ला मुस्ताङ सदरमुकाम जोमसोममा सांस्कृतिक मूर्ति बगैंचा निर्माण अभियानमा काठमाडौंबाट गएका कलाकारहरूले थरिथरिका मूर्ति बनाइरहेका छन्। उनीहरूले कालीगण्डकीका शिलामा देवदेवी, जनावर र प्रकृतिका आकृति कँदिरहेका हुन्।
कलाकार अनमारी तामाङ
घरपझोङ गाउँपालिकाले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा यो अभियान चलाएको हो।
कलाकार बुद्ध थारु
‘घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशाला’मा २१ जना मुख्य कलाकारको सहभागिता छ। उनीहरूलाई १५ जनाले सहयोग पु¥याइरहेका छन्। वैशाख ७ गतेबाट सुरु कार्यशाला २१ गतेसम्म चल्नेछ।
‘हामी एकदमै उत्साहका साथ मूर्ति कुँदिरहेका छौं’, कलाकार दिनेश्वर महतो भन्छन्, ‘२२ ओटा विशाल कलाकृति निर्माणको अन्तिम चरणमा पुगिसके।’
आँखै सामुन्ने आकर्षक मूर्तिहरू बनेको दृश्य देख्दा सर्बसाधारण खुसी भएका छन्।
कलाकार दिनेश्वर महतो
‘हामीले जोमसोममा पर्यटक रमाउने बगैंचा बनाउन लागेका हौं’, घरपझोङ गाउँपालिकाका प्रमुख मोहनसिंह लालचन भन्छन्, ‘हिन्दु र बौद्ध धर्मावलम्बी मात्र होइन, संसारभरका पर्यटकका लागि यो उपहार बन्नेछ।’
कलाकार देवेन्द्रप्रसाद पाण्डे
कार्यशालामा सहभागि कलाकारहरू दिनेश्वर महतो, ओम खत्री, गोविन्द चौधरी, नरेन्द्रप्रसाद भण्डारी, राजन काफ्ले, लक्ष्मण भुजेल, गंगाधर सारु, राजु पिठाकोटे, रामचन्द्र पण्डित, देवेन्द्रप्रसाद पाण्डे, सरोज श्रेष्ठ, मानबहादुर बल, बुद्ध थारु, हरिबहादुर थापा बयम्बु, पुजन खतिवडा, नुर्बु लामा, करुणा श्रेष्ठ, सुस्मिता मोक्तन, पारस श्रेष्ठ, अनमारी तामाङ र ओमप्रकाश सिंह छन्।
जोमसोमस्थित गाउँपालिकाको कार्यालय नजिकै चौरमा मूर्ति सजाएपछि नयाँ पर्यटकीय आर्कषण थपिने विश्वास गरिएको छ।
कलाकार गंगाधर सारु
तस्बिरमा कलाकारका सिर्जना
कलाकार गोविन्द चौधरी
कलाकार हरिबहादुर थापा बयम्बु
कलाकार करुणा श्रेष्ठ
कलाकार लालकाजी लामा
कलाकार लक्ष्मण श्रेष्ठ
कलाकार मानबहादुर बल
कलाकार नुर्बु लामा
कलाकार ओम खत्री
कलाकार ओमप्रकाश सिंह

कलाकार पारस श्रेष्ठ
कलाकार पुजन खतिवडा
कलाकार राजन काफ्ले
कलाकार राजु पिठाकोटे
कलाकार रामचन्द्र पण्डित
कलाकार सरोज श्रेष्ठ
कलाकार सुस्मिता मोक्तान
कलाकार नरेन्द्रप्रसाद भण्डारी