काठमाडौं ।
नेपालको स्वास्थ्यवद्र्धक आन्तरिक पर्यटन प्रवद्र्धनमा अग्रणी संस्था ‘प्रकृतिप्रेमी समूह’ ले आफ्ना सदस्यहरूलाई पूर्वी नेपालको लालीगुराँस पदमार्ग ‘तीनजुरे, मिल्के र जलजले’ (टिएमजे) क्षेत्रमा पदयात्रा गराएको छ।

लालीगुराँसको राजधानी मानिने टिएमजेमा ३० भन्दा बढी प्रजातिका गुराँस पाइन्छन्। यहाँका जङ्गलमा रङविरङका गुराँस फुलेर डाँडै राताम्मे बनिसके। कुनै गुराँस फूलिसके, कोही फूल्दैछन्। स्थानीयका अनुसार फागुन अन्तिम सातादेखि फूल्न थालेको गुराँस उचाइअनुसार जेठसम्म फूल्छन्।

गुराँसे जङ्गल छिनछिनमा हुस्सुले ढाकिन्छन्। छिनमै खुल्छन्। ज्यादै चित्ताकर्षक मौसम छ। यही वातावरणमा रम्नका लागि यतिबेला टिएमजे क्षेत्रका तीनजुरे र मिल्केडाँडामा आन्तरिक पर्यटकको भिड लागेको छ।
जलजले क्षेत्रमा भने खाना र बास सुविधा नभएकाले व्यवस्थित क्याम्पिङ टे«क गर्नु पर्दछ। त्यसैले त्यहाँ कमै मात्र पर्यटक पुग्छन्। मिल्केको बेस क्याम्प गुफापोखरीसम्म भने ठाउँठाउँमा होटल तथा होमस्टे सुविधा छ।

प्रकृतिप्रेमी समूहले आफ्ना १५ जना सदस्यलाई टिएमजेमा पदयात्रा गराएको हो। काठमाडौंबाट वैशाख १२ गते यात्रामा निस्केका उनीहरू पदयात्रा पुरा गरेर वैशाख १६ गते साँझ काठमाडौं फर्किसके।
संस्थाकी सचिव एवम् हाइकिङविज्ञ राम देवी महर्जनले यात्राको नेतृत्व गरेकी थिइन्।
उचित आहार, विहार, विचार र योग प्रशिक्षक एवम् हाइकिङविज्ञ राम देवी महर्जन
‘हामीले दुुई दिन गाडी यात्रा ग¥यौं’, उनले एभरेस्ट पेडियासँग भनिन्, ‘तीन दिन गुराँसे जङ्गलमा पदयात्रा ग¥यौं। हाम्रो सुन्दर नेपाललाई हामीले बुझ्न पायौं। सबै पदयात्री मित्रले सफलतापूर्वक पदयात्रा पुरा गर्नु भयो।’
यात्राको पहिलो दिन उनीहरू संस्थाको कार्यालय निरोगधामबाट गाडीमा तेह्रथुुमको बसञ्तपुर नजिकै टुटे उध्याउने सामुदायिक होमस्टेसम्म पुुगेका थिए। भोलिपल्ट पदयात्रा सुरु गरियो। त्यहाँबाट आर.आर. गार्डेन, पाथीभरा, तीनजुरे, पाँचपोखरी हुँदै उनीहरू चौकीमा पुगेर बास बसे।

यात्राको तेस्रो दिन चौकीबाट गुुफापोखरी हुँदै मिल्केडाँडासम्म पुुगे। साँझ गुफापोखरीमा बास बसे। चौंथो दिन भने गुफापोखरीबाट टुटे उध्याउने सामुदायिक होमस्टेसम्मै पदयात्रा गरेका थिए। यात्राको अन्तिम अर्थात् पाँचौं दिन टुटे गाउँबाट उनीहरू गाडीमा फर्के।

टोली नेता एवम् ‘हाइकिङ काठमाडौं’ पुुस्तककी लेखक महर्जनका अनुसार उनीहरूले पदयात्राको पहिलो दिन १५ किलोमिटर, दोस्रो दिन २० किलोमिटर र तेस्रो दिन २६ किलोमिटर पदयात्रा गरेका थिए।
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मूल मन्त्र लेखिएको निलो क्याप लगाएका पदयात्रीहरूले ठाउँठाउँमा यही नारा घन्काए। उनीहरूको पदयात्रामा जंकफुड, फास्टफुड, मासु र मदिरा निषेध हुन्छ। स्वास्थ्यवद्र्धक खाना मात्र खुवाइन्छ।
यति मात्र होइन, पदयात्री र स्थानीयलाई निरोगी हुने ज्ञान पनि बाँडिन्छ।

पदयात्रामा १० जना महिला र ५ पुुरुषको सहभागिता थियो। उनीहरूमा राम देवी महर्जन, यशोदा दाहाल, न्हुछेमान महर्जन, लेखमान अवाले, अमृत भादगाउँले, चन्द्रकला गौतम, उषा थापा, सुनिता अर्याल, कृष्णा अमात्य, शर्मिला श्रेष्ठ, सीता उप्रेती, दीपक श्रेष्ठ, कल्पना श्रेष्ठ, डिल्लीराम बाँस्तोला र बिमला न्यौपाने। पदयात्राबाट सबैजना रोमान्चित, उत्साही र खुसी भएर फर्किए।
युनिस गुरुङ
पदयात्रामा टुटे गाउँका युवा युनिस गुरुङले सहयोग गरेका थिए। काठमाडौं पुग्नुअघि उनीहरूलाई धरानस्थित ‘श्रम संस्कृति पार्क’ अवलोकन गराइयो। स्थानीय समाजसेवी राजिव हलुवाईले उनीहरूलाई पार्कमा घुमाएका थिए।
धरानको श्रम संस्कृति पार्कमा प्रकृतिप्रेमी समूह
धरानका समाजसेवी राजिव हलुवाईका साथमा हाइकिङविज्ञ राम देवी महर्जन
यस संस्थाले यसैगरी बेलाबेलामा पदयात्रा गराउँछ। साथै हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गर्दछ। यसबाहेक निरोग आनन्दित रहने ज्ञान बाँड्न विविध कार्यक्रम गर्दै आएको छ।

स्मरणीय छ, टिएमजेका डाँडाहरू तीन जिल्लामा पर्दछन्, तेह्रथुुम, संखुवासभा र ताप्लेजुुङमा। सबैभन्दा अग्लो थुम्को मिल्केडाँडा हो, जसको उचाइ ३१ सय मिटर छ।
बास बस्ने ठाउँका होमस्टे तथा होटलमा पहिल्यै सम्पर्क गरेर बेलैमा पुग्दा सजिलो हुन्छ। उचाइमा भएकाले न्याना कपडा, टे«किङ स्टिक, थर्मस आदि सामानसहित यात्रा गर्नु पर्दछ।
उदाहरणीय होमस्टे
टिएमजे पदयात्रा वा ड्राइभिङमा जाँदा गुुरुङ बस्ती टुुटेमा होमस्टेको आतिथ्य स्वीकार गर्न नभुुल्नुस् है ! एउटा यस्तो होमस्टे जहाँ पुग्दा आफ्नै घरमा बसेको अनुभूति हुन्छ। त्यो हो, टुटे उध्याउने सामुुदायिक होमस्टे, जुन तेह्रथुम जिल्ला, लालीगुराँस नगरपालिका वडा नंं. १ मा पर्दछ।
होमस्टे सञ्चालक गुरुङ परिवार
मिठो खाना, आत्मीय व्यबहार, पारिवारिक वातावरण एवम् शुलभ मूल्य यस होमस्टेका विशेषता। बसञ्तपुर बजारबाट करिब १३ सय मिटर दुरीमा छ, होमस्टे। खगेन्द्र र सुरक्षा दम्पत्तिले चलाएको होमस्टे। उनीहरूलाई छोराहरू युनिस र सोनामले सहयोग गर्छन्।

‘हाम्रोमा १५ जनासम्म बास बस्न सक्छन्। हामी लोकल खानेकुरा खुवाउँछौं’, होमस्टे सञ्चालक खगेन्द्र गुरुङ भन्छन्, ‘पदयात्रामा जानेहरूका लागि बाटो देखाउने काम पनि गर्छौं।’
टुुटे गाउँमा ५२ घर छन्। तीमध्ये ४३ घर गुरुङका । उनीहरूको जीवनशैली कृषिमा आधारित छ। आलु, बन्दा, केराउ लगायत मौसमअनुसारका तरकारी उत्पादन गर्छन्। लोकल कुखुरा, बाख्रा र गाई पाल्छन्।
यो होमस्टे कोभिड १९ अघि सुुरु गरिएको थियो। बिचमा केही वर्ष बन्द भयो। वि.सं. २०८१ मङ्सिरदेखि पुन सञ्चालनमा आएको हो।
होमस्टेबाट फर्कंदा मौसमी तरकारीका साथै कोदो, फापर र सिस्नुबाट बनाइएको बिस्कुट कोसेली किनेर ल्याउँदा परिवार, आफन्त र इष्टमित्रको अनुहारमा खुसी थपिन्छ।
सम्पर्क: ९८००९७१४१४
टिएमजे पदयात्राका थप तस्बिरहरू :












-1777548404.jpg)
-1777548453.jpg)
धरानस्थित ‘श्रम संस्कृति पार्क’