कार्तिकको तेस्र्रो शुक्रवार बुटवल घर फर्किदा, घर छाडेको पनि चार दिन भइसकेको थियो। छोरा र श्रीमति घरमा थिएनन्। छोरालाई फोन गर्दा कलेज र श्रीमति बजारबाट सागसब्जी किनेर फर्किदै रहेछन्। मोटरसाइकिलमा हावा खाँदै यात्रा गर्नुको मज्जा बयान गरि साध्य हुँदैन। यात्राका सारथि थिए–मनीष पन्थ। उनले र मैले श्रीनगर अनलाइन मिडियाबाट कार्यक्रम घुम्दैफिर्दै प्रसारण गर्दै आइरहेका छौं। मुख्य विषय ‘द रियल स्टोरी’का लागि बलियो पात्रको खोजीमा नै अचेल हाम्रो यात्रा अघि बढिरहेको छ।
वि.सं. २०८३ असार १७ गते, बुधवारदेखि हामीले श्रीनगर फिल्मस् प्रालिको युट्युव च्यानलमा द रियल स्टोरी प्रत्येक बुधवार प्रसारण गर्दै आइरहेका छौं। जीवनमा कठिनतम् सङ्घर्ष गरेका र सफलताका लागि अग्रसर भूइँमान्छेहरू नै हाम्रो कार्यक्रमका रियल पात्र हुन्। उमेरलेभन्दा पनि कामले पहिचान बनाएका वा बनाउँदै गरेका, दुःखका पहाडहरूलाई कुहिनाले भत्काउने कोसिस गरेका, सङ्घर्षलाई सफलतातर्फ उन्मुख गराउँदै अग्रगामी बाटो पहिल्याउने सफल ब्यक्तित्वको खोजी नै मुख्य काम मानेका छौं हामीले। कार्तिक १७ गते मङ्गलबार विहान सवा आठ बजे, बुटवलको चौराहबाट नारायणघाटका लागि हामी मोटरसाइकिलमा हान्नियौं। करिव पोनै घण्टाको यात्रापछि चिसापानी सामुदायिक वन उपभोक्ता समूहभित्र रहेको सिमसार क्षेत्रको छेउमा सञ्चालित रिसोर्टमा पस्यौं।
हामीलाई चिसापानी सामुदायिक वनका अध्यक्ष हुमबहादुर गुरुङ र महिला अधिकारकर्मी दया दर्लामीले चियाखाजाले स्वागत गरे। केहीबेर सिमसारको रुपमा रहेको तालमा डुङ्गा यात्रा गर्दै कार्यक्रम घुम्दैफिर्दै रेकर्डिङ्ग गर्यौ।

अध्यक्ष हुमबहादुरसँग सिमसारको संरक्षण, व्यवस्थापन, रिसोर्ट सञ्चालन, पर्यापर्यटन विकासका लागि आफ्नो समूहले खेलेको भूमिका, गर्दै आएको उन्नतशील कर्म र आम्दानीसँग वनलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा करिव २० मिनेट डुङ्गामा नै सम्वाद गरियो। यी सबैको चाँजोपाँजो मिलाइदिने काम महिला अधिकारकर्मी दयाको नै थियो। छाँयाकनपछि केहीबेर सम्पादन गरी कार्यक्रमलाई अपलोड ग¥यौं। त्यसपछि हामी नारायणघाटतिर लम्कियौं।
करिब एक घण्टाको यात्रापछि मनीषले मलाई कावासोती पु¥याए। कावासोतीको ‘तनहुँ होटल’मा खाना खायौं। पैसा तिर्नेबेला शिष्य दुमन्ती थापा आइपुगिन्। हामीले खाएको खानाको पैसा उनले थाहै नपाइ तिरेको कुराले केहीबेर अप्ठ्यारो महशुस भयो। मनीषले पैसा फिर्ता गर्न दुमन्तीसँग मरिहत्ते गर्दा नि उनले भातको पैसा तिरी छाड्नि। हामीले सम्झनाका लागि फोटो खिचायौं।
दलबहादुर गुरुङ
नारायणघाटको पुलचोक पुगी उत्तरपूर्वतिर लागेर हामीले डिभिजन वन कार्यालय, चितवनमा वरिष्ठ डिभिजनल अधिकृत विष्णुप्रसाद आचार्यलाई भेट्यौं। उनीसँगै द रियल स्टोरीको एउटा पार्ट छायाङ्कन गरियो। त्यसपछि उनले भनेअनुसार चेपाङ, चिउरी र चमेराको अन्तरसम्बन्ध बुझ्न फिल्डतिर लाग्यौं। हामी कालिका नगरपालिका वडा नं.११ को रन्केस बजारमा पुग्यौं। इन्द्रेनी सावउसका अध्यक्ष सन्देश चेपाङसँग डिएफओ साहेवले चिउरीका बारेमा घनिभूत छलफल गरे। चिउरीको महका बारेमा उनीसँग सोधपूछ गरे। त्यहाँ पुग्नुअघि हामीले गाउँकै स्कुले नानी गीता चेपाङलगायत उनका साथीसँग चिउरीका बारेमा बाटैमा वार्ता गरेका थियौं। फरासिला ती नानीका कुरा सुनेर रमाईलो लाग्यो।
डिएफओ साहेवले हामीलाई आवास र खानाको प्रवन्ध गरेर आफूहरू आफ्नै निवास भरतपुरतिर फर्किए। हामीले सन्देशको घरमा शरण लियौं। सानी नातिनीलाई स्याहार गर्दै गरेकी सन्देशकी श्रीमतीलाई समेत भेट्यौं।
साँझको खाना सन्देशले पकाए। मासु परपर्ती भुटे। तरकारी र दालले हामीलाई भातसँगै भव्य स्वागत गरे। भोको पेटलाई मनीष र मैले तातोतातो दालभात र मासुले सेक्यौं। सन्देशको पाककला देखेर खुसी प्रकट ग¥यौं।
मनीष र मैले सन्देशसँग घरायसी, पारिवारिक, सामाजिक र राजनीतिक कुरा समेत ग¥यौं। उनले आफूहरूको आर्थिक अवस्थामा सुधार गर्नका लागि चिउरी सर्वस्व रहेको बताउँदै गर्दा चिउरीमा दाना लाग्न छाडेको चिन्ता प्रकट गरे। चिउरी बेचेर लत्ताकपडा, शिक्षादीक्षा, स्वास्थोपचार र घरव्यवहार चलाएको कुरा सुनाए। आफूले धर्म परिवर्तन गरेको कुरा सहर्ष सुनाए। उनीसँग धर्म परिवर्तनका बारेमा सोध्दा पहिला धेरैजसो चेपाङले मारकाट गर्ने, जाँडरक्सी खाएर मात्तिने, जुवा खेलेर दिन बिताउने, परिवारमा झैंझगडा गर्ने बानी थियो। तर, अचेल माथि उल्लेखित कुरा धर्म परिवर्तनपछि च्याट्टै छाडेको सुनाए।
उनीहरूले आफू भूइँमा सुतेर हामी दुबैलाई पलङ्गमा सुताए। पाहुनाप्रतिको आतिथ्यता, स्वागत र सत्कारले मनै फुरुङ्ग भयो।
बुधवार बिहानै उठेर हामी कालिका नगरपालिकाको ११ नम्बर वडा कार्यालय रहेको केरेलिङ गाउँतिर पुग्यौं। नगरपालिका भएपनि गाउँजस्तै लाग्यो र मैले गाउँ नै लेखें। वडाध्यक्ष कृष्णबहादुर प्रजा(चेपाङ)सँग चेपाङ जातिको जनसंख्या, बसोबास स्थल, चिउरी, मह, वडाका नागरिकको शैक्षिक, स्वास्थ्य तथा आर्थिकस्तरका बारेमा व्यापक छलफल गरियो। कृष्णले आफू चेपाङ नै रहेको तर, २०३४ सालतिर तत्कालीन राजा वीरेन्द्रका पालामा चेपाङलाई प्रजा लेख्न लगाइएको कुरा खुलाए।
चितवनमा करिब ३६ हजार जनसंख्या चेपाङकै छ। मकवानपुरमा करिब २३ हजार, धादिङमा करिव १७ र गोरखामा करिब ४ हजार गरी २०७८ सालको जनगणनाअनुसार ८४ हजार ३६४ जना रहेको उनले बताए। आफ्नो वडामा मात्र ४ हजार जनसंख्या रहेको र चेपाङकै बाहुल्यता रहेको खुलाए। उनले दुईपटक चुनाव जितेर वडाध्यक्षको कर्म पूरा गरिहेका छन्।
त्यहाँबाट उनीसँग बिदा भएर सन्देश र अर्जुनको भट्भटेमा गाउँतिर उकालो लाग्यौं। कच्चीबाटोमा उनीहरूका मोटरसाइकिलले कालो धुवाँ वायुमण्डलमा मिसायो। केहीबेरको उकालोपछि सन्देशको जन्मगाउँ मझबाङ पुगियो। सन्देशले आफ्नी ७२ वर्षीया आमासँग हाम्रो परिचय गराइदिए। उनले गाउँमै बाख्रा, कुखुरा पालेर जिन्दगी गुजारेकी रहेछिन्। ‘एक घर एक धारा’ रहेछ गाउँमा।
गाउँमै स्वाथ्य एकाइ केन्द्र रहेछ। गाउँमै प्राथमिक तहसम्म पढाई हुने स्कुल रहेछ। पाखोबारीमा फापर, कोदो र जुनेलो झुल्दैथिए। स्कुसले स्वागत गरेको भान भयो। केरा कुप्रो परेर फल्दै थिए।
मनीषले गाउँलाई कभर हुने गरी ड्रोन उडाए। सन्देशले स्थानीय वन उपभोक्तासँग चिउरी, चमेरोका बारेमा छलफल गरे। स्थानीय केही महिलाले चिउरीको फूल लागेपनि फल लाग्न नसकेको दुखेसो सुनाए। चिउरी नै जीवन रहेको बताए। अचेल चमेरा मार्न छाडेको कुरा बताइरहँदा कोरोना सार्ने जीव नै चमेरो भएकाले मारेर खान समेत छाडेको सुनाए।
खास कुरा, चमेराले चिउरीको परागसेचनमा महत्वपूर्ण भूमिका खेल्दोरहेछ। चमेरा मारेर खाँदै गर्दा सायद चिउरीको परागसेचनमा ठूलो असर पुगेको हुन सक्ने सन्देशको तर्क थियो। त्यसैले चमेरा मार्ने चेपाङलगायत कसैलाई कडा कानुनी कारवाही गर्न सावउसले नियम बनाएको बताए। गाउँलेसँग चेपाङ भाषामा सन्देशले आफ्ना विचार सुनाए। उनीहरूले चिउरीको नयाँ बेर्ना आवश्यक रहेको बताए। आफूहरूलाई जसरी नि बाँच्ने आधार दिनुपर्नेमा उनीहरूको जोड थियो।
कुराकानी समापनपछि गाउँबाट ओरालो लागियो र सन्देशको घरमा गयौं। खाना र आवासको पैसा मनीषले तिर्न खोज्दा सन्देशले लिन मरिगए मानेनन्। पाहुनासँग पैसा लिन हुन्न भनेर सन्देश र उनकी श्रीमती टक्टकिए। हामी मोटर चढेर शक्तिखोर बजार (पहिला माओवादी क्यान्टोन्मेन्ट रहेको ठाउँ भनेर चिनिने) हुँदै डिभिजन वन कार्यालय आएर केहीवेर आराम ग¥यौं।
थाकेको शरीरलाई कफीको चुस्कीले स्पूmर्ति दियो र कलाकार चिरन बरालसँग भेट्न भरतपुर महानगरपालिका वडा नं. ७ को मध्यविन्दू टोलको प्रेमबस्तीमा पुग्यौं।
आकाश अर्याल, मनीष पन्थ र दलबहादुर
उनीसँग जीवनयात्राका बारेमा लामै छलफल ग¥यौं। उनकी जीवन साथीले चिया खुवाइन्। कुराकानी र चियापानीपछि हामीले क्यान्सर अस्पतालको बुद्धचोक नजिकै अकबरे रेस्टुरेन्टमा आकाश अर्यालसँग खाजा खायौं। क्यान्सर पीडितलाई उनी र उनका तीनजना साथीले बिहान तीन घण्टा निःशुल्क अटोसेवा दिइरहेका छन्। त्यहाँबाट छुट्टिएर हामी डिभिजन वन कार्यालयमा बास बस्न आइपुग्यौं। खाना खाएर डिएफओ साहेवसँग जीवन र जगतका बारेमा अन्तरङ्ग कुराकानी ग¥यौं।
थाहा आन्दोलनका प्रणेता रुदाने (रुपचन्द्र बिष्ट, दामन, नेपाल)को विचारका बारेमा उनीसँग बहस ग¥यौं। उनीहरू दुबैजना मकवानपुरका भएका कारण कुरा र प्रसंगको पट्री जमेको हुनुपर्छ। सुत्दा घडीले ११ः३० बजाइसकेको थियो।
बिहीबार बिहानै ७ वजेतिर आकाशलाई भेट्न हामी चौबीसकोठी पुग्यौं। उनीसँग फ्रि अटोसेवाका बारेमा लामै कुराकानी ग¥यौं।
२७ वर्षे लक्का जवान आकाशले थालेको अटो सेवाले धेरै क्यान्सरपीडित र उनका आफन्तलाई सान्त्वनामुखी सहयोग मिलेको छ। उनमा देखिएको सेवाभाव अत्यन्तै प्रशंसनीय लाग्यो।

उनीसँग बिदा भएर हामी चतुर्मुखी सावउसले सञ्चालन गरेको गडुवा मचान र भीमबलीले सञ्चालन गरेको होमस्टे हेर्न पुग्यौं। त्यसपछि नेपाल उद्यान महासंघको दोस्रो केन्द्रीय विस्तारित बैठकमा सहभागी भयौं। देशभरका करिब तीन दर्जन साथी बैठकमा आइपुगेका थिए। महासंघका करिब एक दर्जन एजेन्डामा छलफल भयो। सबै सहभागीले शानदार रुपमा सार्थक सहभागिता जनाए।
वनकर्मी
भीमबली थारु होमस्टेमा गाँसबासको प्रवन्ध भयो। हामी केही साथीले गडुवाको मचानमा रात बितायौं। राति उठेर तालका छेउमा जीवजनावर पानी खान आउँछन् कि भनेर हेरें तर देखिएनन्।
बिहान नउठ्दै चराका सङ्गीतले हाम्रा आँखा खुले। सुन्दर मानवनिर्मित ताललाई साक्षी राखेर फोटा खिच्यौं। फलामबाट निर्मित मचानको स्वाद लियौं। सफा कोठा, अट्याच ट्वाइलेट, बाथरुमको व्यवस्था र पर्यापर्यटनका लागि बनाइएको मचानले राम्रै आम्दानी गर्न सक्ने अनुमान लगायौं। हामीलाई चतुर्मुखी सावउसका अध्यक्ष हरिकुमार गुरुङले आवश्यक जानकारी गराए।
डिभिजन वन कार्यालय, चितवनको संयोजन, नेपाल उद्यान महासंघको सहकार्य र बरण्डाभार क्षेत्रमा रहेका वन समूहको व्यवस्थापनमा नवजागृति सावउसको खुल्ला हलमा सञ्चालित पर्यापर्यटनका बारेमा छलफल तथा अन्तक्र्रियामा मैले पनि उद्यान महासंघको केन्द्रीय उपाध्यक्षको हैसियले संस्थागत एवम् उद्यानसम्बन्धि अभिमुखीकरण विषयमा प्रस्तुति दिएँ। पाँचवटा विषयमा प्रिजेन्टेसन भए। उद्यान महासंघका केन्द्रीय अध्यक्ष खेमप्रसाद लुइँटेललगायत स्थानीयले प्रस्तुत प्रतिवेदनका बारेमा पृष्ठपोषण र प्रतिक्रिया दिए। बागमति प्रदेशका कृषि, पशुपक्षी, वन तथा वातावरणमन्त्री रमा आलेमगर र चितवन जिल्ला समन्वय समितिका प्रमुखको उपस्थितिमा कार्यक्रम भएको थियो।
गजबको कुरा त न कसैले कार्यक्रममा अध्यक्षताग्रहण गरे, न कोही भए प्रमुख अतिथि। न कोही विशिष्ट र अन्य अतिथि घोषित भए। लामो आसनग्रहणबाट मुक्त कार्यक्रमले मनै रमायो। समयको वचत भयो। कार्यक्रम प्रभावकारी भयो। उक्त कार्यक्रमको संयोजन गर्ने डिएफओ विष्णुप्रसाद आयार्य र उद्यान महासंघका केन्द्रीय सदस्य नारायणबहादुर कार्कीप्रति सबै नतमस्तक छौं। तोकिएकै समय मध्यान्ह १२ वजे कार्यक्रम सकियो।
कार्यक्रमलाई सम्बोधन गर्दै डिएफओ विष्णुप्रसाद आचार्य ।
वातावरणविद् वसन्त रानासँग उनका कर्मका बारेमा कुरा गरिसकेपछि हामीले नारायणघाट छोड्यौं।
फर्किदै गर्दा कावासोतीमा पशुप्राविधिक दिलमाया श्रेष्ठ र उद्यम विकास सहजकर्ता दुमन्ती थापासँग कुराकानी ग¥यौं। बर्दघाटको चिसापानीमा दया दर्लामीसँग तिहार पर्व, देउसीभैलो र डकुमेन्ट्रीका बारेमा छलफल ग¥यौं। त्यतिबेला मनीषले सिमसार चलिरहेका डुङ्गाको सुन्दर तस्वीर खिचेका थिए।
कावासोतीमा दीलमाया र दमन्तीका साथमा ।
पश्चिमतिर घामले र यता मनीष अनि मैले बिदा मागेर हिँड्यौं। बुटवल आइपुग्दा झमक्कै साँझ परेको थियो।