काठमाडौं। मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले देशका एक साता सम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ।
विभागले साताको शुरू र अन्त्यमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहने जनाएको छ।
हिमाली भू–भागमा साताको शुरुमा आंशिक देखि सामान्य बदली, साताको मध्यमा आंशिक बदली देखि सामान्यतया सफा, साताको अन्त्यमा सामान्य देखि पूर्ण बदली रहनेछ।
प्रदेश नं। १ र बागमती प्रदेशको हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ भने गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
पहाडी भूभागमा साताको अन्त्यमा केही भूभागमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ भने देश भर अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने। तराई भू–भागमा बिहानी र राती पख हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको छ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साताको अन्त्यमा हल्का वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान रहेको छ।