काठमाडौं। सरकारले विराटनगर विमानस्थल सहित ४ वटा विमानस्थलको विकास गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संसद् बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विराटनगर, भरतपुर, नेपालगन्ज र धनगढी विमानस्थलहरूको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिने बताए।
साथै, उनले रुकुमको चौरजहारी, दाङको टरिगाउँ, उदयपुरको सगरमाथा, जुम्लाको खलङ्गा लगायतका विमानस्थलको स्तरोन्नति गरिने बताए।
दुर्गम क्षेत्रमा उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिई हवाई यातायात सुविधालाई सहज र सुलभ बनाइने समेत सरकारले घोषणा गरेको छ।