चरिकोट। मेलुङ गाउँपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा चरिकोट मिडिया फाउण्डेशनको व्यवस्थापनमा आयोजित ‘क्यानभासमा मेलुङ– २०८२’ कला प्रदर्शनी सम्पन्न भएको छ।
मेलुङको कला, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको उक्त प्रदर्शनीमा स्थानीय जनप्रतिनिधिदेखि कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रदर्शनीमा मेलुङ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रवक्ता, वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति, प्रख्यात कलाकार विक्रम तामाङ, पत्रकार, शुभचिन्तक, शिक्षक, कर्मचारी र स्थानीय बासिन्दाको सहभागिता रहेको चरिकोट मिडिया फाउण्डेशनले जनाएको छ।

फाउण्डेशनका अध्यक्ष जीवन लामाले प्रदर्शनी सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। उनले यस्ता सिर्जनात्मक अभियानमा भविष्यमा पनि साथ र सहयोगको अपेक्षा राख्दै निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।