काठमाडौ। सगरमाथा संवादअघि ‘जनमञ्च’ को आयोजना हुने भएको छ।
सरकारले मे १६ देखि १८ सम्म आयोजना गर्न लागेको सगरमाथा संवादको पूर्वसन्ध्यामा विविध अभियान, महासंघ, सञ्जाल, गठवन्धन, संघ–संस्था, महिला समूह, साना किसान, पुस्तागत अभियन्ता, वातावरण र मानवअधिकारका रक्षक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक, आदिवासी, प्रवतिय र समथर क्षेत्रका समुदाय, सीमान्तकृत समुदाय तथा अग्रपंक्तिमा रहेका समूहहरूको विस्तृत भेलाले वि.स. २०८२ वैशाख २१ गते सगरमाथा संवादअघि ‘जनमञ्च’ को आयोजना गर्न लागेको हो।
-1746181846.jpg)
जनमञ्चले एक विज्ञप्ती जारी गर्दै करिब ५०० भन्दा वढिको सहभागीता हुनेछ, जसमा सरकार तथा नीति निर्माताहरू, जलवायु विज्ञ तथा अनुसन्धानकर्ता, अन्तर्राष्ट्रिय निकायहरू, विकास साझेदारहरू र निजीक्षेत्रका प्रतिनिधिहरु सहभागि हुनेछन । यसले सहकार्यलाई प्रोत्साहन गर्नुका साथै ऐक्यवद्धता निर्माण गर्ने लक्ष्य राखिएको जनाएको छ।
सचिवालयले जारी गरेको विज्ञप्तीमा भनिए अनुसार जनमञ्चको समापन छलफलमा उठेका विषयवस्तु र हिमाली संवादवाट प्राप्त सुझाव र निश्कर्शलाई समेटेर ‘जनमञ्च घोषणापत्र’ जारी गरिने छ।
यो घोषणापत्र सगरमाथा संवादमा संवेदनशील समुदायहरूको सरोकारलाई प्राथमिकताका साथ उठाउने वकालतका लागि प्रमुख स्रोतका रूपमा प्रयोग गरिने जनमञ्च सचिवालयकी गीता पाण्डेले बताइन्।

-1746181847.jpg)