पोखरा। गण्डकी साहित्य सङ्गम, पोखराको आयोजनामा सर्जक छविलाल आचार्यद्वारा लिखित यात्रा संस्मरण ‘मध्यरातमा सूर्य देख्दा’को लोकार्पण समारोह पोखरामा भव्य रूपमा सम्पन्न भएको छ।
सङ्गमको कार्यसमिति सदस्यसमेत रहेका आचार्यको पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथिका रूपमा हरिदेवी कोइराला र विशिष्ट अतिथि प्रा.रघुनाथ अधिकारी सहभागी थिए।
पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै रामराज रेग्मी र असफल गौतमले युरोपका विभिन्न देशहरू—स्विट्जरल्यान्ड, नर्वे, बेलायत, फ्रान्स आदिको सांस्कृतिक, भौगोलिक र सामाजिक पक्षबारे बुझ्न पुस्तक उपयोगी रहेको धारणा राखे।
अन्य वक्ताहरू झलकपाणि तिवारी, तोयानाथ लामिछाने, यादवचन्द्र भुर्तेललगायतले पुस्तकले सर्जकको युरोप यात्रा अनुभवको जीवन्त चित्रण गरेको उल्लेख गर्दै यसले पाठकलाई विश्वको अर्को छेउ देखाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा सङ्गम सांस्कृतिक मञ्चका कलाकारहरूले आचार्यका गीतहरू प्रस्तुत गर्दा गोविन्दप्रसाद बरालले कविता वाचन गरे।
सर्जकलाई ताराप्रसाद तिमिल्सिनाले मन्तव्यद्वारा चिनाउनुका साथै कृतिकार आचार्यले युरोप बसाइँका अविस्मरणीय अनुभूति बाँडे।
भीम रानाभाटको अध्यक्षता, पद्मराज ढकालको स्वागत मन्तव्य तथा नारायण मरासिनीको सशक्त सञ्चालनमा सम्पन्न कार्यक्रममा दर्जनौँ साहित्यप्रेमी, प्राध्यापक, स्रष्टा तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।