काठमाडौं । वातावरण विज्ञान विभाग, त्रीचन्द्र बहुमुखी क्याम्पसको आयोजनामा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जलवायु छलफलमा हाम्रो एजेण्डा र चासो के हुनुपर्दछ?’ भन्ने विषयमा एक दिवसीय विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य नेपालको जलवायु नीति, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको भूमिका र युवा पुस्ताको सक्रिय सहभागिता कसरी हुनसक्छ भन्नेबारे बहस र चेतना विस्तार गर्नु थियो।
-1753983095.jpeg)
वन तथा वातावरण मन्त्रालयका सचिव डा. महेश्वर ढकालले नेपालको जलवायु नीति, अन्तर्राष्ट्रिय सम्मेलनहरूमा प्रस्तुत दृष्टिकोण र नेपालले खेलेको नेतृत्वदायी भूमिकाबारे जानकारी गराए। “नेपाल जलवायु परिवर्तनको जोखिममा परेको मुलुक हो। तर, यो संकट सिर्जना गर्नेमा हाम्रो भूमिका न्यून छ। त्यसैले हामीले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको स्पष्ट माग राख्नुपर्छ,” उनले भने। उनले युवा पुस्तालाई अनुसन्धान, नीति निर्माण र वातावरण संरक्षणमा सहभागी गराएर दीगो विकासको मार्गमा अग्रसर हुन आह्वान गरे।
स्वच्छ ऊर्जा नेपालका मन्जित ढकालले हरित ऊर्जा, नविकरणीय स्रोतहरू र प्रविधि रूपान्तरणमा नेपालको सम्भावनाबारे चर्चा गरे।
“आजको युवा पुस्ताले जलवायु नीतिलाई केवल पाठ्यपुस्तकमा होइन, व्यवहारमा लागू गर्न सक्नेछ,” उनले भने।
-1753983092.jpeg)
जलवायु न्यायका लागि विश्वव्यापी अभियानमा सक्रिय मोनिषा चौधरीले जलवायु संकटको प्रभावबाट सबैभन्दा बढी प्रभावित हुने महिला, दलित, आदिवासी र ग्रामीण समुदायहरूको आवाज केन्द्रमा राख्नुपर्नेमा जोड दिइन्।
कार्यक्रमको समापन त्रीचन्द्र क्याम्पस वातावरण विज्ञान विभागका प्रमुख कमल राज गोसाइँले गर्दै वातावरण संरक्षणका लागि शैक्षिक संस्थाको भूमिका, अनुसन्धानको खाँचो र युवाको सक्रियता अपरिहार्य भएको बताए।
-1753983087.jpeg)