ललितपुर | वर्षभरमा दिवंगत भएका आफन्तको आत्म शान्तिको कामना गर्दै ललितपुरको सांस्कृतिक नगरी ठेचोमा धुमधामसँग ‘मतया जात्रा’ मनाइएको छ। मृतकका आफन्तले स्थानीय, बौद्ध बिहार, चैत्य, स्तुप लगायत तिर्थस्थल परिक्रमा गरेर दीप प्रज्वलन गर्नुका साथै दान पनि गरेका छन्।
गाईजात्राको भोलिपल्ट मनाइने मताया जात्रामा ठुलो समुदाय सहभागि भएको थियो। यसरी जात्रामा सहभागी हुँदा मृतात्माले शान्ति पाउनुका साथै परिवारजनले समेत दुःखपीडा भुल्ने र सुख शान्ति तथा पूण्यप्राप्ति हुने जनविश्वास छ ।
संस्कृतिकर्मी हरिराम महर्जनका अनुसार नेपाल भाषाको शब्द ‘मत’को अर्थ दीप (उज्यालो) हो भने ‘या’को अर्थ यात्रा। विभिन्न बाजागाजा सहितको यात्रामा युवा बाद्यबादकको उल्लेख्य उपश्थिति देखिन्थ्यो।
जात्राको अर्को आकर्षण राजनैतिक तथा सामाजिक विकृती एवम् विसङ्गती विरुद्ध व्यग्यात्मक प्रदर्शन पनि हो। विभिन्न झाँकीसहित उनीहरूले व्यङ्ग्य प्रदर्शन गरेका थिए। जात्रा हेर्नेहरूको भिड लागेको थियो।
यसपालि ठेचोको मतया यात्रा पिङ्गलबाट सुरु भएर नगर परिक्रमा गरेर सिद्धिविनायक मन्दिरमा पुगि समापन गरिएको थियो। संस्कृतिकर्मी महर्जनका अनुसार ठेचोमा २८ वर्ष अघिदेखि मात्र मतया जात्रा मनाउन सुरु गरिएको हो। यसको नेतृत्व ठेचो सांस्कृतिक बाजा संरक्षण समितिले गर्दै आएको छ।

हरिराम महर्जन,संस्कृतिकर्मी
‘बीचमा कोरोनाका कारण दुई वर्ष र १२ वर्षे नवदुर्गा नाचका कारण एक वर्ष हामीले मतया जात्रा मनाएनौं’, संस्कृतिकर्मी महर्जनले भने, ‘यसपालि २५ औं मताया जात्रा मनाएका हौं।’
नेवार संस्कृति झल्कने मतया जात्रालाई पर्यटकीय प्रोडक्टका रुपमा चिनाउन सकिने विज्ञहरू बताउँछन्। स्वदेश तथा विदेशका पर्यटकलाई जात्राको दिन ठेचो घुमाउन सकिन्छ। यसका लागि स्थानीय सरकार, पर्यटनकर्मी र नागरिकले हातेमालो गर्नुपर्ने देखिन्छ।
मतया जात्राका तस्बिरहरू



-1755084216.JPG)

-1755084206.JPG)

















राम देवी महर्जन , हाइकिङविज्ञ