पोखरा। पोखराको कालिका चोकमा रहेको अल्फा एकेडेमीमा नेपाली भाषाज्ञान प्रतियोगिता सम्पन्न भएको छ। अन्तरसदनात्मक रूपमा भएको प्रतियोगितामा आधारभूत तहमा हरियो सदनका सृष्टि बराल, आविष्का ढुङ्गाना र विविशा ढकालको समूहले प्रथम स्थान हासिल ग¥यो। त्यसैगरी माध्यमिक तहतर्फ पहेँलो सदनका प्रशंसा शर्मा, किरण शर्मा र दिप्सन ढकालको समूहले प्रथम बन्यो।
प्रतियोगितामा हिज्जे, अक्षरमिश्रित, अक्षर छुट्याउने, पदवर्ग, पर्यायवाची÷विपरीतार्थी, कोठेपद, शब्दार्थ, व्याकरण गरी विभिन्न चरणमा सम्पन्न भएको थियो। आधारभूत तहमा पार्वती पतानी, शकुन्तला लम्साल र शान्ति सोनार निर्णायक थिए। त्यसैगरी माध्यमिक तहतर्फ सञ्जीव पौडेल, लक्ष्मी त्रिपाठी र सुशीला रसाइलीले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। विद्यार्थीको प्रतिभा प्रष्फुटनका लागि विविध कार्यक्रम गर्दै आएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख राजु सुनारले जानकारी दिए।
विद्यालयले यसै शैक्षिक सत्रदेखि ‘पुस्तकबिनाको शुक्रबार’ कार्यक्रमअन्तर्गत सङ्गीत, नृत्य, संस्कृत पठन, सुनाइ, बोलाइ, खेलकूद, सिर्जनात्मक लेखन, उद्घोषण कला, चित्रकला, अबाकस लगायतका विविध कार्यक्रम गर्दै आइरहेको विद्यालयका शैक्षिक प्रमुख सञ्जीव पौडेलले जानकारी दिए। यस्तो शिक्षणसिकाइले विद्यार्थीमा बहुआयामिक सक्रियता बढाएको र यसको प्रत्यक्ष प्रभाव पढाइमा परेको पनि उनले सुनाए।