पोखरा । सिटीवान टेलिभिजनले आयोजना गरेको चौथो संस्करणको तीज गीत प्रतियोगिता २०८२ मा हेम्जाको देवीस्थान भजन महिला समूूह प्रथम भएको छ। प्रतियोगितामा सहभागी ४० समूह मध्ये प्रथम भएको देवीस्थानले नगद ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गर्न सफल भयो।
प्रतियोगितामा पोखरा– २५ को कमलजोशी आमा समूह द्वितीय, बराह माध्यमिक विद्यालय तृतीय र हेम्जा आमा समूहले सान्त्वना पुरस्कार प्राप्त गरे। उनीहरूले क्रमश ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित उपहार प्राप्त गरे।

यसैगरी विधागततर्फ उत्कृष्ट नृत्य पुरस्कार बालोदय सेकेन्डरी स्कुल, उत्कृष्ट भेषभुषाको पुरस्कार महिला क्लब पोखरा र उत्कृष्ट शब्द तर्फको पुरस्कार नेसनल इन्भेन्टिभ स्कुलले प्राप्त गरे।
त्यसैगरी प्रोत्साहन पुरस्कार अमरसिंह माध्यमिक विद्यालयले जित्यो। विधागत र प्रोत्साहन तर्फको विजेताले नगद ५ हजारसहित उपहार पाए।
विजेतालाई गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, सिटीवान टेलिभिजनका अध्यक्ष पवनकुमार प्रजापति, कार्यक्रम संयोजक सौन्दर्यविद् चिनु गुरुङ, निर्देशक हरिराज पन्त लगायतले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगिताको निर्णायक संयोजकमा शङ्कर विरही गुरुङ, सदस्यमा अम्बिका भण्डारी र जुना क्षेत्री थिए। कार्यक्रममा सहजिकरण टेलिभिजनको प्रबन्ध निर्देशक अनिशा श्रेष्ठसहित सरला त्रिपाठी भण्डारी, रिमा शाही ठकुरी, आशा मगर र सीमा सुनारले गरेका थिए। निर्णायक द्वय अम्बिका भण्डारी र जुना क्षेत्रीले साङ्गीतिक प्रस्तुती समेत राखेका थिए।
तीजको बेला सिटीवानको सांस्कृतिक मेला, चौँथो खुला तीज गीत प्रतियोगिता–२०८२’मा विभिन्न प्रकारका १५ वटा स्टल थिए।
