लन्डन (युके)। बेलायतमा बसोबास गर्ने नेपाली समुदायले आयोजना गर्ने वार्षिक सांस्कृतिक कार्यक्रम “नेपाली मेला यूके” यो वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। आइतबार (२४ अगस्ट) केम्टन पार्क रेसकोर्समा सम्पन्न भएको मेला यसको १६औँ संस्करण हो।
-1756074925.jpg)
तमु धिस् यूकेको आयोजनामा सम्पन्न मेलाले नेपाली संस्कृतिको विविध र रंगीन झलक प्रस्तुत गर्यो। कार्यक्रममा लोकनृत्य, गीत–संगीत, सांस्कृतिक झाँकी, नेपाली परिकार, कला र साहित्यका प्रस्तुतिले मेलालाई उत्साहपूर्ण बनाएको थियो। आयोजकले मेलालाई सांस्कृतिक आदान–प्रदान र आपसी एकताको महोत्सवका रूपमा प्रस्तुत गरेको बताए।
मेलामा नेपाली परिकारका स्टल, हस्तकला, तथा व्यवसायिक प्रदर्शनीहरूले विशेष आकर्षण जोडे। विभिन्न क्षेत्रका नेपाली व्यवसायीहरूले प्रवासी समुदायमा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनीमा राखिएको थियो ।
-1756074924.jpg)
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ विशेष अतिथिका रूपमा उपस्थित थिए। उनले प्रवासी नेपालीहरूले संस्कृति र पहिचान जोगाइराखेकोमा प्रशंसा गर्दै, नेपाललाई समृद्ध बनाउन प्रवासी नेपालीहरूको भूमिका अझ निर्णायक हुने धारणा व्यक्त गरे। साथै, उनले नेपालको अर्थतन्त्रमा प्रवासी नेपालीहरूको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे।
तस्बिरहरु: सुरेन्द्र राना
-1756074922.jpg)
-1756074921.jpg)
-1756074920.jpg)
-1756074919.jpg)
-1756074917.jpg)
-1756074916.jpg)
-1756074915.jpg)
-1756074914.jpg)
-1756074914.jpg)
-1756074911.jpg)
-1756074911.jpg)
-1756074867.jpg)
-1756074865.jpg)
-1756074865.jpg)
-1756074863.jpg)
-1756074861.jpg)
-1756074861.jpg)
-1756074859.jpg)
-1756074858.jpg)
-1756074857.jpg)
-1756074856.jpg)
-1756074854.jpg)
-1756074854.jpg)